काठमाडौं, २ मंसिर। घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ ।
तीन खेलको श्रृखलामा पहिलो खेल ८४ रनले पाहुना टोलीलाई सुम्पिएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत निकाल्दै श्रृखला एक एकको बराबरी गरेको थियो ।
आजको खेलमा जीत निकाल्ने टीमले श्रृखलाको उपाधी जित्नेछन् । नामिवियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप २ को तयारीको लागि आयोजना खेलमा नेपालले सोचेअनुसारको प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा व्याटिङ नचलेको नेपालले दाेस्राे खेलमा पनि त्यही समस्या भाेगेकाे थियाे । उक्त खेलमा शीर्ष ब्याटरहरुले दाेहाेराे अंकमा रन बनाउन नसक्दा नेपालले हार व्यहोर्नु परेको थियो । आजको खेलमा सुधार ल्याउन सके सिरिज हात पार्नेछ भने नत्र सिरिज गुमाउनेछ ।










