Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा निर्वाचनको तयारी अन्तिम चरणमा

bk logo final png
  • BAGLUNGKHABAR
  • ३० कार्तिक २०७९, बुधबार १६:४९

बागलुङ, ३० कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मङ्गलबारसम्ममा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसक्ने छन । “कर्मचारीको खटनपटन र व्यवस्थापन भइसक्यो, अहिले नियुक्ति दिने काम भइरहेको छ”, उनले भने, “निर्वाचनको तयारी लगभग पूरा भइसकेको छ ।” बागलुङ–२ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले निर्वाचनका लागि चाहिने सबै सामग्री तयारी अवस्थामा रहेको र सामग्री बुझेर बिहीबार साँझसम्ममा तोकिएको मतदान केन्द्रमा सुरक्षाकर्र्मी र कर्मचारी पुगिसक्ने बताए ।

छ वटा स्थानीय तह रहेको सो क्षेत्रमा एक सय १६ मतदान केन्द्र रहेका छन । संघतर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र छन । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । सबै मतदान केन्द्रमा गरी एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० जना स्वयंसेवक खटिने निर्वाचन कार्यालयले जनाएको छ । चुनाव आउन पाँच दिन बाँकी रहँदा जिल्लाको सुरक्षा योजनादेखि अरु व्यवस्थापकीय तयारीलाई चुस्तदुस्त पारिएको छ । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा रहेका छन । जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन ।

१ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन । सङ्घका दुई र प्रदेशका चार सिटका लागि यहाँका ३१ उम्मेदवार चुनावी मैदानमा रहेका छन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki