Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता पक्राउ

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०७९, बुधबार ११:१८

बागलुङ, २३ कार्तिक । बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् ।

धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका–१ का ४५ बर्षिय दलसिंह खत्री, ३५ बर्षिय हरि नेपाली र ४५ बर्षिय कृष्ण बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । उनीहरु नेकपा बहुमतमा आवद्ध रहेको तर पद नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कारको पोष्टार टाँस्दै हिडेका बागलुङ नगरपालिका–२ ट्राफिक चोकदेखि मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ थापाले बताए । उनले उनीहरुको साथबाट संघिय निर्वाचन बहिस्कार गरौं देखिएका पोष्टर र पर्चा बरामत गरिएको बताए । ‘निर्वाचन आचारसंहिता विपरीत निर्वाचन बहिस्कारको पोष्टर टाँस गरेका कारण पक्राउ गरिएको हो,’ प्रनाउ थापाले भने,‘उनीहरुको थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि कारवाहीको प्रक्रिया अगाडी बढाउछौं ।’

विप्लव नेतृत्वको नेकपा, विप्लवबाट विभाजित धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमत, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टी र नेकपा (मशाल)ले पनि निर्वाचन बहिष्कारको निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki