Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सेमिफाइनल समिकरण पुरा, फाइनलमा भारत-पाकिस्तानको भिडन्त हेर्ने समर्थकको चाहना

bk logo final png
  • Baglungkhabar
  • २१ कार्तिक २०७९, सोमबार ११:३१
काठमाडौं, २१ कार्तिक । अष्ट्रेलियामा जारी टि २० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । न्युजिल्यान्ड, इंग्ल्यान्ड, भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेका छन्  ।

न्युजिल्यान्ड र  इंग्ल्यान्ड समुह १ बाट सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत र पाकिस्तान समुह २ बाट सेमिफाइनलमा प्रवेश गरेका हुन् । न्युजिल्यान्ड र  इंग्ल्यान्ड क्रमश समुह बिजेता र उप बिजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन् भने  भारत र पाकिस्तान समुह बिजेता र उप बिजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

अब पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने छ । यो खेल आगामी बुधबार सिड्नी क्रिकेट ग्राउण्डमा हुने छ भने दोस्रो सेमिफाइनलमा आगामी बिहिबार भारत र इंग्ल्यान्डबीच हुने छ । यो खेल एडीलेडमा हुने छ ।  दुवै खेल नेपाली समय अनुसार दिउंसो १:४५ बजे सुरु हुने छ । फाइनल खेल भने आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।

विश्वकप अन्तर्गत नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि साउथ अफ्रीका विश्वकपबाट बाहिरिएको हो । साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको हो ।  पाकिस्तानले बंगलादेश हराएर सेमिफाइनलमा पुगेको हो भने अन्तिम खेलमा भारतले जिम्बाबेलाई पराजित गर्दै समुह बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यद्यपि साउथ अफ्रीकाको हार सँगै अन्तिम खेल अगाडी नै भारत सेमिफाइनलमा पुगिसकेको थियो । आफ्नो अन्तिम खेल पनि जित्दै भारत समुह बिजेता बन्दै सेमिफाइनलमा जाने भएको हो ।

फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारत र पाकिस्तानले सेमिफाइनलमा आ-आफ्नो खेल जितेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki