Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बंगलादेशलाई पाँच विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

bk logo final png
  • BAGLUNGKHABAR
  • २० कार्तिक २०७९, आईतवार १५:५२

काठमाडौँ, २० कार्तिक । पाकिस्तानले आइसिसी टि २० विश्वकपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । योसँगै टि२० विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३२ रन, कप्तान बाबर आजमले २५ रन, मोहम्मद हरिसले ३१ रन र शन मसुद २४ रनमा अविजित रहे । बंगलादेशका नासुम अहमद, सकिब अल हसन, मुश्ताफिजुर रहमान र एबादोत हसनले एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए भने पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट, शादब खानले २ विकेट भने हरिस रौफ र इफ्तिखार अहमदले एक एक विकेट लिए ।

समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् भने अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।

पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ । फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki