Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक

bk logo final png
  • Baglungkhabar
  • १८ कार्तिक २०७९, शुक्रबार ११:३३

बागलुङ, १८ कार्तिक ।कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका(१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास पुर्‍याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् ।

लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका छन् । कोरोना महामारीको समयमा तीन वर्षयता घरबास कहिले सञ्चालन हुने र कहिले बन्द हुँदै आएको थियो । आन्तरिक पर्यटकको प्रायः भीड लाग्ने यहाँको घरबासमा तीन वर्षपछि विदेशी पर्यटक आएको घरबास सञ्चालक इन्द्रा थापाले बताए । ‘हामी घरबास सञ्चालन गरेर पाहुनाकै पर्खाइमा हुन्थ्यौँ, स्वदेशी वा विदेशी जोकोही आउँदा पनि खुसी लाग्छ’ उनले भने ,हाम्रो व्यवसाय नै घरबास हो, यहीँको आम्दानीले जीवन धान्नुपर्छ ।

भकुण्डे पुगेका विदेशी पर्यटकलाई घरबास सञ्चालकले सामूहिकरुपमा स्वागत गरेका थिए । कोरोना महामारीअघि २०७६ सालको कात्तिक १४ गते भकुण्डेका घरबास बस्न पुगेको उक्त समूह तीन वर्षपछि कात्तिक १६ गते सोही घरबासमा पुगेको हो । ‘हामीले हरेक वर्ष समूहका सदस्यलाई पालैपालो बागलुङ बजार र यहाँका घरबासमा ल्याउने योजना बनाएका थियौँ’ वल्र्ड भिजन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भने ‘उनीहरु यहाँको प्रकृतिसँग रमाउँछन्, स्वच्छ स्थानीय खानपान हुने भएकाले त्यसको प्रबद्र्धनसमेत हुने गरेको छ ।’

नगरपालिकाले तीन वर्ष पहिले विदेशी पर्यटक भित्र्याउन पहल थालेकामा उक्त समूहले साथ दिएको थियो । बागलुङका विभिन्न पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक यहाँको प्रकृतिसँग रमाउने गरेको उनले बताए । ‘यीनीहरु दुई दिन घरबासमा र एक दिन बजारमा बस्नुहुन्छ, बीचमा यहाँको कला र संस्कृति अवलोकन, प्राकृतिक सम्पदासँग रमाउनु भएको छ’ अध्यक्ष शर्माले भने ‘यो निरन्तर प्रक्रिया हुनेछ ।’ विदेशी पर्यटक घरबासमा पुगेपछि यहाँको प्रचारप्रसार र उत्पादनको उपयोगमा सहयोग पुग्ने उनले बताए ।

भकुण्डेमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्ने, यहाँबाट देखिने हिमशङ्खलाले उनीहरुलाई लोभाउने गरेको छ । भकुण्डेमा कोदोको ढिँडो, गुन्द्रुक, स्थानीय जातको आलुलगायत उत्पादन उनीहरूले प्रयोग गर्ने गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki