Skip to content

follow us

baglungkhabar.tv

3rd October 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्थानीयको सक्रियतामा पीडित रोकालाई १५ लाख सहयोग

  • BAGLUNGKHABAR
  • १४ कार्तिक २०७९, सोमबार १७:५८

बागलुङ, १४ कार्तिक । बागलुङको ताराखोला गाउँपालिका ५ स्थित मृगौला पीडित संकल रोकालाई दुई क्लब र स्थानीयको सक्रियतामा संकलित १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

तिहारको अवसरमा नवसृजना युवा क्लबले आयोजना गरेको दिपावली मेलाको अवसरमा मृगौला पीडितका परिवारलाई आर्थिक सहयोग हस्तातरण गरिएको हो ।

ताराखोलास्थित नवसृजना युवा क्लब र असारे युवा क्लबको सक्रियता र वैदेशिक रोजगारीको लागि बहराइनमा रहनुभएका जीवन रोकामगरको संयोजकमा संकलन भएको १५ लाख ३५ हजार रुपैयाँ बिरामीका परिवारलाई हस्तारण गरिएको नवसृजना युवा क्लबका अध्यक्ष पुर्णभद्र निउरेले बताए ।

निउरेका अनुसार नवसृजना युवा क्लब र असारे युवा क्लबको संयुक्त आर्थिक संकलन अभियानमा १४ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ र बहराइनमा कार्यरत जीवन रोका मगरको संयोजकमा ६५ हजार ४ सय २४ रुपैयाँ संकलन भएको थियो ।

तेस्रोपटक वैदेशिक रोजगारीका लागि तयारीमा रहेका २५ वर्षीय रोकालाई स्वास्थ्य जाँच गर्दा दुवै मृगौलाले काम नगरेको चिकित्सकले बताएका थिए ।

३ बर्ष कतार र १ बर्ष युएइमा रोजगारी गरेर फर्केका उनलाइ शारीरिक रुपमा कुनै समस्या थिएन । तेस्रोपटक बहराइन जाने सोच बनाएर स्वास्थ्य जाँच गर्दा उनलाई मृगौलामा समस्या आएपछि वैदेशिक रोजगारीमा पठाउन नसकिने रिर्पोट आएको थियो ।

उनले वैदेशिक रोजगारीका लागि गरिएको मेडिकल रिपोर्टमा बिस्वास नलागे पछि सहिद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाण्डौमा पुनः स्वास्थ्य जाँच गर्दा दुबै मृगौलाले काम नगरेको पत्ता लागेको थियो ।

कमाउन हिडेको छोराको मृगौला फेल भएको खबरले हामी अतालियौं, संकलका बुवा भिम बहादुर रोकाले भने, छोराको जीवन बचाउने चाहना छ त्यसैले साथ दिदै आउनुभएको छ । अठ्यारोमा सहयोगको माग गरेका छौं । सकारात्मक सोचका साथ आर्थिक सहयोगको अपेक्षा गरेका छौं ।

६ जनाका परिवार रहेका भिमबहादर रोकाको संकल माहिला छोरा हुन् । भिमबहादुरका अनुसार सहयोग गर्न चाहनले संकल रोकाको प्रभु बैंक ताराखोला शाखाको खातामा सहयोग गर्न सकिने छ । खाता नं 060015123200016 प्रभु बैंकमा पठाउन सकिने परिवारले बताएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

दसैँमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने

नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा

आन्दोलनरत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki