Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

क्रिकेटर लामिछानेविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ कार्तिक २०७९, सोमबार १७:४३

काठमाडौं, १४ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ ।

सन्दीपविरुद्ध यसअघि परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सकेर अघिल्लो शुक्रबार नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको हो ।

सन्दीपविरुद्धको मुद्दामा १० देखि १२ वर्ष कैद सजायको माग गरिएको छ । नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेर छानबिन गर्दै आएको थियो ।

तीन पटक छानबिनका लागि अदालतबाट म्याद थप गरी प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै आएको थियो । सन्दीपले नाबालिकालाई भदौ ५ गते काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर बलात्कार गरेको भन्दै भदौ २१ गते सन्दीपविरुद्ध उजुरी परेको थियो ।

सन्दीपले भने आफूमाथि लागेको आरोप झुट्टा भएको र आरोप लगाउने व्यक्ति नाबालिका नभएको बताउँदै आउनुभएको छ । सन्दीपको मुद्दामा मङ्गलबारदेखि अदालतले बयान गराउने र थुनछेक बहस सुरु हुने भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki