Skip to content

follow us

baglungkhabar.tv

29th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लामिछाने असोज २० गते नेपाल फर्किने

bk logo final png
  • BAGLUNGKHABAR
  • १६ आश्विन २०७९, आईतवार ११:४९

काठमाडौँ, १६ असोज । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् ।

न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी गरेका छन् । आफू अश्वाभाविक अवस्थाबाट गुज्रिएको भएपनि अहिले ‘निको’ भएको बताएका छन् ।

उनले समयक्रममा आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताएका छन् । यसअघि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको र केही दिनमै नेपाल फर्किने बताएका थिए ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki