बाग्लुङ्, ११ अशोज । बाग्लुङ् जिल्लाको जैमिनी नगरपालिका वडा न.७ जैदीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
अरिङ्गालको टोकाइबाट जैदीका ४३ बर्षीय ज्ञान बहादुर रानाको मृत्यु भएको हो । उनलाई आईतबार राति रोहोटेको जङ्गलमा अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालले टोकेर घाइते बनेका रानाको दुई दिन पछि मंगलबार बिहान मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।










