Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

  • अर्जुन कार्की
  • ११ आश्विन २०७९, मंगलवार ०७:५९

बागलुङ, ११ असोज । स्थानीय तह निर्वाचन–२०७९ मा खर्च विवरण नबुझाउने बागलुङका आठ सय ११ जना उम्मेदवारलाई कार्वाहीको लागि सिफारिस गरिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले जरिवाना गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको हो ।

१० स्थानीय तह रहेको बागलुङमा दुई सय ७९ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । बागलुङमा चार नगरपालिकामा प्रमुख र उपप्रमुख पदका १९ जना र छ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका २६ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैनन् ।

यस्तै वडा अध्यक्ष र वडा सदस्यमा उम्मेदवार बनेका नगरपालिकाका ४०७ जना र गाउँपालिकाका ३५९ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो ।

खर्च विवरण नबुझाउनेमा बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठसहित प्रमुख पदका उम्मेदवार सुरज खड्का, मञ्जुमाया क्षेत्री र निल प्रसाद आचार्य, उपप्रमुख पदका उम्मेदवार राजु खड्का, संजय खड्का, तारा कुमारी रिजाल र जीवन आचार्य रहनुभएको छ ।

गलकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार पूर्ण बहादुर काउचा, मन्जु शर्मा, डम्मर बहादुर केसी र दिपेन्द्र साहानी, उपप्रमुख पदक उम्मेदवार रुपा विक, जैमिनी नगरपालिकाका प्रमुख पदका उम्मेदवार काशीराम आचार्य, निर्मला बानियाँ क्षेत्री सापकोटा र उपप्रमुख पदका उम्मेदवर चीना केसी रहनुभएको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख पदका उम्मेदवार निम बहादुर भण्डारी, श्याम घर्ति मगर, उपप्रमुख पदका उम्मेदवार तारा कुमारी पुनले पनि चुनावी खर्च विवरण बुझाउनुभएको छैन ।

गाउँपालिका तर्फ काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डिल बहादुर कार्की, उपाध्यक्ष पदका उम्मेदवार कोपिला कुमारी पुन, मिलन थपा, तमानखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार देव बहादुर पुन, हिमाल खत्री, ओम प्रसाद पुन, उपाध्यक्ष पदका उम्मेदवार निशु रसाइली, गिता घर्ति मगर र तारानाथ सिर्पाली, ताराखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश घर्ति मगर, रिसीराम रोका, याम बहादुर रोका र उपाध्यक्ष पदका उम्मेदवार थम माया घर्तिले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताउनुभयो ।

निसीखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अञ्चल शाही, कृष्ण बहादुर मल्ल, उपाध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर घर्ती मगर, भोटु चन्द, शान्ता कुमारी सेन र जुन विक्रम शाही, बडिगाड गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाइजा, मन प्रसाद घर्ती, उपाध्यक्ष पदका उम्मेदवार मिन कुमारी माझी, डिल कुमारी क्षेत्री, बरेङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रदिप थापा मगर र उपाध्यक्ष पदका उम्मेदवार दुर्गा कार्की थापा क्षेत्रीले खर्च विवरण बुझाउन बाँकी छ ।

विवरण पेश नगर्नेले खर्च गर्ने सीमा क्षेत्र बराबरको जरिवान तिर्नुुपर्ने जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताउनुभयो । उहाँले निर्वाचन आयोगले खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार रुपियाँ, नगरपालिकाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई दुई लाख रुपियाँ, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार रुपियाँँ र वडाअध्यक्ष र वडा सदस्यहरुलाई एक लाख ५० हजार रुपियाँ जरिवाना तोकेको बताउनुभयो । आयोगले ६ महिना भित्र जरिवाना बुझाउन पत्रचार समेत गरेको छ । जरिवाना नबुझाउनेले ६ वर्षसम्म निर्वाचनमा उठ्न नपाउने आयोगले भनाई छ ।

खर्च विवरण नबुझाउने नगरपालिकाका उम्मेदवारहरु

खर्च विवरण नबुझाउने गाउँपालिकाका उम्मेदवारहरु

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki