Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रीमानलाई खुसी पार्न श्रीमतीले जान्नैपर्ने ८ गोप्य टिप्सहरु

  • BAGLUNGKHABAR
  • ९ आश्विन २०७९, आईतवार २०:४८

हरेक विवाहित महिला आफ्नो श्रीमानलाई खुसि राख्न चाहान्छन् । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा उनीहरुले श्रीमानलाई खुसी पार्न सकिरहेका हुदैँनन् । यस्तो अवस्थामा श्रीमानलाई कसरी खुसी पार्ने भन्ने बिषयमा महिलाहरु चिन्तित हुन्छन् । तर केहि यस्ता टिप्सहरु छन् जसले सहजै श्रीमानलाई खुसि राख्न सकिन्छ ।

१.सुन्ने बानीको विकास
धेरै विवाहित पुरुषहरुको आम गुनासो भनेकै श्रीमतीको धेरै बोल्ने बानी हो । श्रीमतीहरुमा
केवल आफ्नो कुरा मात्र सुनाउने गर्दछन् । त्यसकारण आफु कम बोलेर श्रीमानको कुरा पनि सुन्ने वा त्यसलाई पालना गरेमा यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

२.श्रीमानको रुची
प्राय महिला विवाहपछि आफ्नो आकंक्षालाई श्रीमानले पुरा गरुन् भन्ने चाहान्छन् । तर श्रीमानको पनि केहि शौख र रुचि हुन्छ । तर त्यसमा कतिपय महिलाले ध्यान दिदैनन् । त्यसैले श्रीमान खुसी राख्न उनको रुची र चाहना बुझ्न आवश्यक छ ।

३.बचत गर्ने बानी
सबै त होइन तर कतिपउ श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक शिर्षक र खर्चमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो चित्त बुझ्दैन । त्यसैले श्रीमान खुसी पार्न नचाहिदो शिर्षकमा खर्च गर्ने बानी रोक्नु पर्दछ ।

४.लामो विवाद नगर्ने
हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्संग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरीरहेका हुन्छन् । यसले श्रीमानलाई झर्को बनाउँछ । र उनी श्रीमतीकै कारण तनावमा आउने गर्दछन् ।

५.एक्लै योजना नबनाउने
हरेक मानिसले स्वतन्त्रता पाउनु पर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह कुनै पनि निर्णय एक्लै लिने बानिले तपाईलाई श्रीमान्बाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउँदा श्रीमानसंग अनिवार्य सल्लाह लिए यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

६.कुरा नलुकाउने र झुठ नबोल्ने
श्रीमान श्रीमतीको सम्बन्ध, विश्वासको सम्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउने वा झुठ बोल्नु हुदैँन । अन्यथा सम्बन्ध झनै बिग्रेर जान सक्छ ।

७.श्रीमानको परीवारलाई सम्मान
हरेक मानिसलाई आफ्ना आमाबुवा प्यारो लाग्छन । विवाहपछि श्रीमतीको जस्तै श्रीमानका पनि परीवारले सम्मान पाउनु पर्छ । यसमा श्रीमतीले माइतीको कुरा गरेर घरको परिवार हेप्ने, सम्मान नदिने वा कुनै अपमान गरे श्रीमान तपाईंबाट दुखी हुन सक्छन् ।

८.यौन सुख
यौन सुखका बिषयमा पुरुषहरु निकै संवेदनशिल हुन्छन् । कामको चाप वा आफुमा यौन इच्छा नभएको बेला पनि श्रीमान्लाई यौनसुख दिनुपर्छ भन्ने होइन । तर श्रीमतीले श्रीमानको भावना अनुसार यौनसुख दिन सके यसले श्रीमानलाई खुसि तुल्याउने गर्दछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki