Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रीमानलाई खुसी पार्न श्रीमतीले जान्नैपर्ने ८ गोप्य टिप्सहरु

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ आश्विन २०७९, आईतवार २०:४८

हरेक विवाहित महिला आफ्नो श्रीमानलाई खुसि राख्न चाहान्छन् । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा उनीहरुले श्रीमानलाई खुसी पार्न सकिरहेका हुदैँनन् । यस्तो अवस्थामा श्रीमानलाई कसरी खुसी पार्ने भन्ने बिषयमा महिलाहरु चिन्तित हुन्छन् । तर केहि यस्ता टिप्सहरु छन् जसले सहजै श्रीमानलाई खुसि राख्न सकिन्छ ।

१.सुन्ने बानीको विकास
धेरै विवाहित पुरुषहरुको आम गुनासो भनेकै श्रीमतीको धेरै बोल्ने बानी हो । श्रीमतीहरुमा
केवल आफ्नो कुरा मात्र सुनाउने गर्दछन् । त्यसकारण आफु कम बोलेर श्रीमानको कुरा पनि सुन्ने वा त्यसलाई पालना गरेमा यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

२.श्रीमानको रुची
प्राय महिला विवाहपछि आफ्नो आकंक्षालाई श्रीमानले पुरा गरुन् भन्ने चाहान्छन् । तर श्रीमानको पनि केहि शौख र रुचि हुन्छ । तर त्यसमा कतिपय महिलाले ध्यान दिदैनन् । त्यसैले श्रीमान खुसी राख्न उनको रुची र चाहना बुझ्न आवश्यक छ ।

३.बचत गर्ने बानी
सबै त होइन तर कतिपउ श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक शिर्षक र खर्चमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो चित्त बुझ्दैन । त्यसैले श्रीमान खुसी पार्न नचाहिदो शिर्षकमा खर्च गर्ने बानी रोक्नु पर्दछ ।

४.लामो विवाद नगर्ने
हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्संग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरीरहेका हुन्छन् । यसले श्रीमानलाई झर्को बनाउँछ । र उनी श्रीमतीकै कारण तनावमा आउने गर्दछन् ।

५.एक्लै योजना नबनाउने
हरेक मानिसले स्वतन्त्रता पाउनु पर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह कुनै पनि निर्णय एक्लै लिने बानिले तपाईलाई श्रीमान्बाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउँदा श्रीमानसंग अनिवार्य सल्लाह लिए यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

६.कुरा नलुकाउने र झुठ नबोल्ने
श्रीमान श्रीमतीको सम्बन्ध, विश्वासको सम्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउने वा झुठ बोल्नु हुदैँन । अन्यथा सम्बन्ध झनै बिग्रेर जान सक्छ ।

७.श्रीमानको परीवारलाई सम्मान
हरेक मानिसलाई आफ्ना आमाबुवा प्यारो लाग्छन । विवाहपछि श्रीमतीको जस्तै श्रीमानका पनि परीवारले सम्मान पाउनु पर्छ । यसमा श्रीमतीले माइतीको कुरा गरेर घरको परिवार हेप्ने, सम्मान नदिने वा कुनै अपमान गरे श्रीमान तपाईंबाट दुखी हुन सक्छन् ।

८.यौन सुख
यौन सुखका बिषयमा पुरुषहरु निकै संवेदनशिल हुन्छन् । कामको चाप वा आफुमा यौन इच्छा नभएको बेला पनि श्रीमान्लाई यौनसुख दिनुपर्छ भन्ने होइन । तर श्रीमतीले श्रीमानको भावना अनुसार यौनसुख दिन सके यसले श्रीमानलाई खुसि तुल्याउने गर्दछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki