Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

  • दिवश गुरुङ
  • २७ भाद्र २०७९, सोमबार १३:००
तस्विरः सन्दिप शर्मा

ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ओइरो लाग्छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनावरको शिकार गर्न पाइन्छ । शिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गर्छ र प्रतिस्पर्धाको आधारमा शिकार गराउँछ ।

तस्विरः सन्दिप शर्मा

ढोरपाटन अर्थात वन्यजन्तुको साम्राज्य, जहाँ ३२ थरीका स्तनधारी वन्यजन्तु छन् । १ सय ६४ प्रजातिका चराचुरुंगी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रयस्थल बनाइरहेको छ ।

ढोरपाटन शिकार आरक्ष रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भागमा फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ, घुस्तुङ गरी ७ वटा ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

तस्विरः सन्दिप शर्मा

रुपवती ढोरपाटन
त्यसो त प्राकृतिक सौन्दर्यको कोणबाट पनि ढोरपाटन कम्ता रुपवती छैन । वर्षायाममा अनन्तसम्म देखिने फाँट वनफूलले ढकमक्क हुन्छ । त्यही फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरु देख्दा कुनै चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै लाग्छ । यहाँको मौसम पनि बडो बिचित्रको छ । क्षणमै छ्याङ्ग आकास खुल्छ, क्षणमै बादलले ढम्म ढाक्छ ।

उत्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल हो । जनै पूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ ।

ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ ।

बुकी : एक रोमाञ्चक यात्रा
बुकी यात्रा नगरी ढोरपाटन घुम्नुको के अर्थ ? वर्षायाम सुरु भएपछि फाँटमा गाईवस्तुका लागि पर्याप्त चरण क्षेत्र हुँदैन । त्यसैले ढोरपाटनका गोठालाहरु वर्षायाम सुरु हुनुअघि नै गाईवस्तु धपाउँदै लेकतर्फ उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लनु’ भन्छन् ।

तस्विरः दिवश गुरुङ

वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र ढोरपाटन फर्कन्छन् । बुकी परम्परा, गोठाला जनजीवनलाई नजिकबाट नियाल्न बुकी यात्रा एक रोमाञ्चक अवसर हुनसक्छ ।

ढोरपाटन प्रवेशअघि त्यहाँको मुख्य कार्यालयमा रहेको सूचना केन्द्र, संग्रहालयमा भने पुग्नु उपयुक्त हुन्छ ।

कुन याममा ढोरपाटन पुग्ने ?
हरेक याममा ढोरपाटन पुग्दा फरक फरक स्वाद भेटिन्छन् । रंगीचंगी फाँटमा घोडा चरिरहेको सुन्दर दृश्य हेर्नका लागि मनसुनमा ढोरपाटन उक्लनुपर्छ । शरद ऋतुमा माथि डाँडाहरु उक्लेर सुन्दर धौलागिरी, गुर्जा र चुरेन हिमालहरु नियाल्न सकिन्छ । जाडो याममा हिउँले ढाकिएका सुन्दर फाँटहरु झन् लोभलाग्दा देखिन्छन् ।

तस्विरः दिवश गुरुङ

ढोरपाटनमा कहाँ बस्ने ?
ढोरपाटनमा विभिन्न गाउँहरुमा होमस्टे र होटलहरु सञ्चालनमा छन् । दि ब्लुसिप होटल, स्याउबारी थकाली भान्छा घर, सामुदायिक होटल, पाँखाथर होमस्टे आदिमा अर्गानिक खाना, आतिथ्य सत्कार र सुविधा सम्पन्न कोठाको व्यवस्था छ । सिजनको समयमा पहिले नै खबर गरेर पुग्दा धेरै सजिलो हुन्छ ।

ढोरपाटन कसरी पुग्ने ?
देशका मुख्य शहरहरु काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँहरुबाट ढोरपाटन सजिलै पुगिन्छ । पोखराबाट मध्यपहाडी राजमार्गलाई पछ्याउँदै बस, गाडी वा बाइकमा पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट ढोरपाटनको ३० कि.मी. कच्ची बाटो जीप वा बाइकमा करिब दुई घण्टामा पुगिन्छ ।

-अनलाईनखबरबाट साभार ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki