Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

  • रासस 
  • २६ भाद्र २०७९, आईतवार ११:३९

बलेवा, २६ भदौ । व्यावसायिक किसानको संख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्षयता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् ।

जिल्लाभर वार्षिक १ करोड ५५ लाख ९९ हजार २ सय ३ लिटर दूध उत्पादन हुने गरेको हो । विश्व खाद्य संगठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यक हुन्छ । १ लाख ६८ हजार ७ सय १३ जनसंख्या रहेको जिल्लामा वार्षिक १ करोड ५३ लाख ५२ हजार ८ सय ८३ लिटर दूध भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १ दशमलव ४६ लिटर दूध बढी उत्पादन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।

व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र संघीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रमसमेत व्यावसायिक किसानसँगै पुग्ने भएकाले माछा, मासु र दूधको उत्पादन बढेको हो । उत्पादन बढेसँगै जिल्ला कृषिजन्य तीन उत्पादनमा जिल्ला आत्मनिर्भर भएको हो । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्यांक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको छ । केही साना बजारमा छिमेकी जिल्लाबाट आयातसमेत हुने गरेको छ ।

ʽकेही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बेचिन्थ्यो तर अहिले किसानको घरबाट सिधै दूध हाम्रो डेरीमा आउँछ,ʼ मिलन दूध डेरी बागलुङका सञ्चालनक हिरादेवी शर्माले भनिन्, ʽपहिलेजस्तो बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।ʼ

जिल्लाभर ८६ हजार ९ सय २० भैँसी र २१ हजार ६ सय ६० गाईपालन भइरहेको तथ्यांक केन्द्रसँग छ । यीमध्ये अधिकांश दूध उत्पादन गर्न योग्य छन् । व्यावसायिक र घरायसी प्रयोजनका लागि पालिएका पशुचौपायाको समेत तथ्यांक निकालेर केन्द्रले दूधको उत्पादन लगत तयार गरेको सापकोटाले बताए । भैँसीपालन गर्ने किसानले मासुका लागि राँगासमेत हुर्काउँदा मासु उत्पादनमा समेत सहयोग पुगेको छ ।

ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको किसान बताउँछन् । हाल बजारमा दूधको मूल्य थोकमा प्रतिलिटर ७० देखि ९० रुपैयाँ तथा खुद्रा १ सयदेखि १ सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ । दुधालु गाईभैँसीले एकै बेतमा करिब १ लाख रुपैयाँ मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।

पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेट लगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

त्यस्तै जिल्लाभर वार्षिक २५ लाख ५० हजार ९ सय ४० किलो माछामासु उत्पादन हुने गरेको छ । विश्व खाद्य संगठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक १४ किलो माछामासु आवश्यक हुन्छ । १ लाख ६८ हजार ७ सय १३ जनसंख्या रहेको जिल्लामा वार्षिक २३ लाख ६१ हजार ९ सय ८२ किलो माछामासु भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १ दशमलव १२ किलो माछा मासु बढी उत्पादन भइरहेको विज्ञ केन्द्रका प्रमुख चिकित्सक सापकोटा बताउँछन् ।

ʽकिसानले उत्पादन बढाउनु खुसीको कुरा हो, उपलब्धताका हिसाबले हामी माछामासु र दूधमा आत्मनिर्भर भएका छौँ,ʼ सापकोटाले भने, ʽकिसानको आयस्तर बढाउनमा समेत यसले सहयोग गरेको छ ।ʼ बागलुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

चरन क्षेत्र राम्रो रहेका जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिका समेटेर तय गरिएको बाख्रा जोन कार्यक्रमले पनि मासुको उत्पादनमा सहयोग गरेको छ । त्यस्तै जिल्लाको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा केही किसानले व्यावसायिक रूपमा भेडापालन समेत गरेका छन् ।

व्यावसायिक रूपमा कालिज पाल्ने, स्थानीय जातका कुखुरा पाल्ने र उन्नत जातका खुकुरा पाल्नेको संख्यासमेत प्रशस्त रहेको विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले बताए । मासुकै उत्पादनका लागि, बोका, खसी, राँगा, कुखुरा बंगुर र सुँगुर उत्पादन बढाउँदा जिल्ला मासुमा आत्मनिर्भर भएको किसानको बुझाइ छ ।

जिल्लाभर १ लाख २७ हजार ४ सय बाख्रा, ८ हजार ३ सय भेडा, १५ हजार ३ सय २१ सुँगुर÷बंगुर, ५ लाख ८९ हजार ८ सय ८० कुखुरा, ३ हजार ६ सय ४० हाँस र ३ सय ४५ वटा खरायो पालिएको तथ्यांक छ । गत असार मसान्तसम्मको तथ्यांक हेर्दा किसानले ८५ वटा पोखरीमा विभिन्न जातका माछापालन गरिरहेका छन् ।

ʽजिल्लालाई पुग्ने गरी माछामासुको उत्पादन छ, बढी भएको माछामासु बाहिर निर्यात हुन्छ,ʼ शर्माले भने, ʽयहाँबाट भेडा, बाख्रा र राँगाको मासुको लागि बढी निर्यात हुने गरेका छन् ।ʼ किसानले करोडौँ लगानी गरेर फार्म सञ्चालन गर्नेदेखि परम्परागत पशुपालन तथा माछापालनलाई स्तरोन्नति गरेर उत्पादन बढाएका हुन् । कृषि तथा पशुजन्य उत्पादन वृद्धिका लागि यहाँका हरेक स्थानीय तहले १ करोडदेखि ३ करोडसम्म हरेक वर्ष लगानी गर्ने गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki