Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्युतको प्राधिकरणको लापरवाहीका कारण कुश्माका एक बालकले हात गुमाए

  • बागलुङखबर
  • ११ भाद्र २०७९, शनिबार १८:१३
कुश्मा, १० भदौ । गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्नुहुन्न । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उहाँलाई केही छिनमा कसैले “तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ”, भनेर फोन गरिदियो ।

यो खबरले उहाँ अर्धचेत अवस्थामा पुग्नुभयो । त्यसपछि छोरालाई चार महिना काठमाडौंको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्कनुभएको छ । उपचारपश्चात छोराले नयाँ जिन्दगी पाएकामा फूलमाया मुस्कुराउन खोजे पनि छोराको अवस्था देखेर बेला–बेला भक्कानिनुहुन्छ । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको लापरबाहीका कारण छोराको दाहिने हात नै काटेर फाल्नुपरेको छ ।

अतिविपन्न अवस्था भएकी फूलमायालाई छोराको भविष्यले चिन्तित बनाउने गरेको छ । “मेरो छोराको भविष्य बर्बाद भयो । अप्ठ्यारो र गाह्रो काम गरेर खान नसक्ने भयो”, छेउमै रहेको छोरातिर आँशु भरिएका आँखाले हेर्दै भन्नुहुन्छ । उहाँको ‘श्रीमान् बेपत्ता भएको पनि आठ वर्ष भइसक्यो । उहाँका दुई छोरी छन् । श्रीमानले छाडेर बेपत्ता भएका कारण आजसम्म पनि फूलमाया नागरिकताविहीन हुनुहुन्छ ।

सनम साथीहरूसँग खेल्ने क्रममा गुप्तेश्वर गुफा जाने बाटो छेउमै जोखिमपूर्ण अवस्थामा रहेको विद्युत ट्रन्सर्फमरमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । स्थानीयवासीले पटक–पटक जोखिमपूर्ण ट्रन्सर्फमर लाइनको बारेमा जानकारी गराए पनि विद्युत प्राधिकरणले चासो नदेखाएकामा स्थानीयको आक्रोश छ ।

“बच्चाबच्चीले सजिलै भेट्ने ठाउँमा ट्रान्सर्फमर राख्नु नै विद्युतको गल्ती हो”, स्थानीय राजन गुरुङले भन्नुभयो, “ तारबार लगाएर सुरक्षित तरिकाले राख्नुपर्थ्यो, त्यो गरेका छैनन् ।” घटना भएपछि पनि पहिलेकै जसरी जोखिमपूर्ण अवस्थामै ट्रान्सफर्मर छाडिएको छ । यसले थप दुर्घटना निम्तन सक्ने भएकाले स्थानीयमा त्रास छँदैछ । केही हप्ताअघि पनि विद्युत प्राधिकरणकै लापरबाहीका कारण जलजला गाउँपालिकाको धाइरिङमा एक महिलाले ज्यान गुमाएकी थिइन् । अन्य धेरै स्थानीयवासी घाइते भएका थिए ।

घटना भएको समय विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र शाखाले लापरबाही भएको स्वीकार गर्दै क्षतिपूर्ति उपलब्ध गराउने बताए पनि अहिले भने क्षतिपूर्ति रकम दिन ढिलाइ गरिरहेको छ । “उपचार खर्चको बिल लिएर कार्यालय जाँदा उल्टै तपाईँको छोराको गल्ती छ भन्दै ठाडो जवाफ लगाउनुहुन्छ”, फूलमायाले भन्नुभयो, “थप उपचारका लागि छोरालाई महिनैपिच्छे काठमाडौं लानुपर्ने हुन्छ । विद्युतले पूर्ण उपचार सकिसकेपछि मात्र पैसा दिने हो भन्छ, मसँग पैसा छैन । छोराको थप उपचार कहाँको पैसाले गरुँ ?”

यता नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले सबै उपचार सकेपछि अन्तिममा मात्र एकैपटक बिलअनुसारको रकम दिन मिल्ने बताएको छ । “उहाँले अहिलेसम्मको उपचार खर्चको पैसा माग्नुभएको छ”, पर्वत वितरण केन्द्रका प्रमुख शिवकुमार गोशेलीले भन्नुभयो, “उहाँले उपचार अझ बाँकी रहेको बताएका कारण हामीले उपचार सकेपछि मात्र रकम उपलब्ध गराउने भनेका हौँ”, उहाँले किस्ताबन्दीमा उपचार खर्च उपलब्ध गराउन नसकिने बताउनुभयो ।

फूलमाया छोराको उपचारमा रु. चार लाख खर्च भएको बताउनुहुन्छ । काठमाडौंको कान्तिबाल अस्पताल र साँघुको सुश्मा कोइराला मेमोरियल अस्पतालमा छोराको उपचार भएको उहाँको भनाइ छ । आफ्नो आर्थिक अवस्था देखेर अस्पतालले उपचारमा धेरै नै छुट दिएको उहाँले बताउनुभयो । “नौ लाख रुपियाँभन्दा बढी नै उपचार खर्च लागको थियो”, उहाँले भन्नुभयो, “म रोइकराइ गरेपछि उहाँहरूले छुट दिुनुभयो ।”

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki