Skip to content

follow us

baglungkhabar.tv

3rd October 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

  • ठाकुरप्रसाद आचार्य
  • ९ भाद्र २०७९, बिहीबार १४:५३

म्याग्दी, ९ भदौं । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चारपाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।

विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा ब्याट्री जडान गरिएका छन् । तीनदेखि चार घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिने केसीले बताउनुभयो ।

‘कोरियामा विगत ६ वर्षदेखि गाडी चलाउँदै आएको थिएँ, गाडी बिग्रिएमा आफै मर्मत गर्थें । म आफै गाडी बनाउन सक्छु कि भनेर पाँच पटक प्रयास गर्दा अहिले गाडी बनाउन सफल भएँ’ केसीले भन्नुभयो । केसीले बनाएको गाडीमा दुई वटा इन्जिन जडान गरिएका छन् । दुई वटा इन्जिन भएपछि गाडी सहजै गुड्ने उहाँको भनाइ छ ।

गाडी बनाउने तरिका युट्यूबमा हेरेर सिकेको उहाँले बताउनुभयो । पाँच महिनाको प्रयासपछि आफूलाई सफलता हासिल भएको उहाँको भनाइ छ । ‘गाडीको अगाडिको भागमा दुईजना बस्न मिल्ने सिट छ । पछाडिको भागमा ५०० केजीसम्म सामान बोक्न मिल्छ’ केसीले भन्नुभयो ।

आफैले गाडी बनाएर गुडाउँदा निकै खुसी मिलेको केसीले सुनाउनुभयो । ‘गाडी गुड्ने भएको छ, अब स्ट्रक्चर जडानको काम बाँखकी छ’ केसीले थप्नुभयो, “गाडी बनाउने पहिलादेखिकै रहर थियो, धेरै कोशिस गर्दा सफल भएँ ।” वातावरण मिलेमा नेपाल फर्किएर गाडी बनाउने काम गर्ने उहाँले बताउनुभयो । गाडी बनाएर चलाएको देखेर कोरियामा भएका र नेपालमा भएका आफन्त, साथीभाइ र इष्टमित्रले बधाई दिएको उहाँले सुनाउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

दसैँमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने

नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा

आन्दोलनरत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki