Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका मन्दिरमा चढाईएको गरगहना आईतबार एक कार्यक्रमका बीच सार्वजनिक

bk logo final png
  • bk
  • ६ भाद्र २०७९, सोमबार १५:४१

बागलुङ कालिका भगवती मन्दिरको गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाईएको गरगहना आईतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

आईतबार मन्दिर परिसरमा कार्यक्रमको आयोजना गरी विक्रम संवत २०७७ साल मंसिर महिनादेखि यता चढाइएका सुनचाँदीका गरगहनार मुर्तिहरु सार्वजनिक गरिएको हो । कालिका मन्दिर व्यवस्थापन समिति गुठीका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरमा २७ प्रकारका गरगहना चढाईएको छ ।

सुनका तिलहरी ११ वटा, सुनको सिक्री दुई वटा, सुनको टिका चार वटा, सुनको मुन्द्रा ५ वटा, सुनको फुली १ वटा रहेको छ । सुनको प्रतिमा चार वटा, सुनको सिक्का एक वटा, सुनको औंठी एक वटा, सुनको तार एक, सुनको जन्तर १, सुनको नाग ३ वटा, चाँदीको तिलहरी १० वटा, चाँदीको घोडा ८ वटा, चाँदीको औठी ४ वटा रहेको गुठीले सार्वजनिक गरेको विवरणमा उल्लख गरिएको छ । चाँदीको टिका १ वटा, चाँदी ५ ग्राम, चाँदीको मुन्द्रा १ वटा, चाँदीको पाउजु १८ वटा, चाँदीको नाग ३ वटा, चाँदीको घण्टी २ वटा, चाँदीको दियो ६ वटा, चाँदीको बाला ५ वटा, चाँदीको सिक्का ४ वटा, चाँदीको नेक्लेस १ वटा, चाँदीको त्रिशुल २ वटा र चाँदीको टुक्रा १ वटा रहेका छन् ।

२०७७ साल मंसिर महिनायता चढाईका सुनचाँदीका गरगहना अहिले सार्वजनिक गरिएको र त्यस भन्दा अगाडिको गरगहना मालपोत कार्यालयमा बुझाउने चलन रहेको कुरा खड्काले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

बानपाका वडा सदस्यको गुनासोः तीन पटक नगरपालिका धाएर पनि सडकको खाल्डा पुर्न सकिएन

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki