Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रीमानको  हत्या आरोपमा श्रीमती पक्राउ

  • bk
  • ६ भाद्र २०७९, सोमबार १०:४५

बागलुङ, ५ भदौ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ५ कामीडेराका २४ बर्षिय तुल बहादुर विकको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।

१ भदौमा निसीखोला–४ कालीमाटी स्थित निसीखोलाको किनारमा टाउको नभएको अवस्थामा मृत भेटिएका विकको हत्या आरोपमा उनकी श्रीमती २२ बर्षिया कुमारी कामी र हत्यामा सहयोग गरेको आरोपमा कुमारीकी १८ बर्षिया बहिनी मनिषा विकलाई पक्राउ शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले जानकारी दिनुभयो । उहाँले २२ बर्षिया कुमारीले साउन २५ गते राती घरमा सुतेको अवस्थामा श्रीमानलार्य घनले हानेर विहोस बनाई चिरपटले हानेर मारेपछि खुकुरीले टाउँको काटेर घरदेखि २५ मिटरको दुरीमा रहेको निसीखोलामा शब फालेको स्वीकार गरेको बताउनुभयो ।

No description available.

१ भदौमा निसीखोलामा टाउको नभएको शब फेला परेपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ज्ञावलीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरि ४ भदौमा हत्या आरोपमा कुमारी र मनिषालाई पक्राउ गरेको हो । प्रउ ज्ञावलीले अनुशन्धानको क्रममा हत्याको रात मृत्तक विकले मादकपदार्थ सेवन गरी आफ्नी २ बर्षिया छोरी र श्रीमतीलाई कुटपिट गरेको र शारीरिक सम्पर्कको क्रममा परस्त्रीहरुको नाम बरबराएपछि श्रीमतीले आवेशमा श्रीमानको हत्या गरेको खुल्न आएको बताउनुभयो ।

उहाँले हत्या आरोपमा पक्राउ परेकी कुमारीले आधा घाटी घरमा काटेर श्रीमानको शब डोकामा बोकेर खोलामा पुराएपछि बाँकी आधा घाटी खोला किनारमै काटेर बगाएको बयान दिएको बताउनुभयो । विकको टाउँको फेला परेको छैनन् । विक दम्पती कुमारीका बुबाआमाले दिएको घरमा २ बर्षिया छोरी र १८ बर्षिया मनिषासँगै बस्दै आएका थिए । हत्याको बेला २ बर्षिया छोरी र १८ बर्षिया मनिषा घरको उपल्लो तलामा सुतेको बयानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

कुमारीले श्रीमानको हत्या पछि प्रमाण लुकाउनको लागि रगतलाई लिपपोट गरी मेटेको र हत्याको बेला लगाएको कपडाहरु धोएको प्रउ ज्ञावलीले बताउनुभयो । प्रनाउ भण्डारीले साना साना प्रमाणको आधारमा हत्यारा पत्ता लगाएको बताउनुभयो । उहाँले बर्दि र विनाबर्दि सहित ५० जना प्रहरीहरुले घटनाको अनुसन्धानमा संलग्न रहेको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki