बागलुङ, १३ साउन । अरिङगालको टोकाइबाट पर्वतका एक पुरुषको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ का ३४ बर्षीय श्रीराम परियारको अरिङ्गालको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बिहिबार राती अरिङ्गालको गोलो पोल्ने क्रममा घाईते भएका परियारको उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
अरिङ्गाल पोल्ने क्रममा घाईते भएका परियारलाई बिहिबार राती नै उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । उनको उपचारको क्रममा शुक्रबार विहान ४ बजे निधन भएको प्रनाउ रानाले जानकारी बताउनुभयो ।