Skip to content

follow us

baglungkhabar.tv

23rd April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जोखिममा बेनी बजार

  • २९ असार २०७९, बुधबार १२:१५

म्याग्दी, २९ असार । म्याग्दीको सदरमुकाम बेनी बजारबासी सधै बर्खा लाग्यो भने रातभरी निदाउन पाउँदैनन् । म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित बेनीका दुवै नदीमा आउने बाढीले गर्ने कटानको जोखिम छ ।

एक हजार भन्दा बढी घर र सरकारी भवन भएको बेनी बजारमा सधैं बर्खामा कटान र बाढीको त्रास हुने गरेको छ । गत बर्खामा कालीगण्डकीमा आएको बाढीले कटान गरेर बेनीमा करिब १६० मिटर दुरिमा ग्यावीयन पर्खाल भत्काएको थियो ।

नदी नियन्त्रणको काम गर्दै आएको रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले जोखिमयुक्त ठाउँमा कटान रोकथामको दिर्घकालिन संरचना बनाउन सकेको छैन् । स्थायी संरचना बनाउन ढिलाई भएकाले विकल्पमा ठुला ढुङ्गा थुपारेर बोलर स्किङ’ बनाउन थालिएको छ । बजार माथिको पाखोबाट आउने भलबाढी बेनीबासीका लागि अर्को टाउको दुखाइको विषय हो ।

नदी र बाढी नियन्त्रणका लागि सञ्चालित योजनाको समयमा काम नहुने र अधुरो हुदाँ कटान र बाढीको जोखिमले बजारबासीलाई चिन्तित बनाएको छ । नौ करोड ४५ लाख रुपैयाँमा परियोजनासँग ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सनले कालीपुलमा ८० मिटर पक्कि र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

गत बर्खाको बाढीले कटान गरेको ठाउँमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता छ । तर काम भने अहिले सम्म पनी पूर्ण रुपमा काम हुन सकेको छैन । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङले पायो दुई मन्त्री

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

सरकारी गाडीको ठक्करबाट गयो पैदल यात्रीको ज्यान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki