follow us

baglungkhabar.tv

25th May 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

  • बागलुङ खबर
  • २ बैशाख २०७९, शुक्रबार ०८:१२

बागलुङ, २ बैशाख । बागलुङ नगरपालिका, १४ नारायणस्थानमा प्रधान कार्यालय रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट आफ्ना सेवा दिन सुरु गरेको छ । बागलुङ बजारमा सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले सेवा दिन थालेको हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघकी सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमाकुमारी जिसीले सहकारीले आफ्ना सदस्यहरुसँग मात्रै कारोवार गर्नुपर्नेमा जोड दिईन् । उनले ग्रामिण क्षेत्रमा स्थापना भएर शहरी क्षेत्रमा सेवा केन्द्र बिस्तार गर्नसक्नु बलेवा एकताको सफलता भएको बताईन् ।

सहकारीले स्थापना गरेको यो तेस्रो सदस्य सेवा केन्द्र हो । यसअघी अमलाचौर र पैञ्युपाटामा सेवा केन्द्र स्थापना गरेर सहकारीले सेवा दिँदै आएको छ । २ करोड २५ लाख शेयर पूँजी रहेको सहकारीको बचत २३ करोड र ऋण लगानी पनि २३ करोड रहेको प्रबन्ध भरत पौडेलले बताए । बिहिबार सदस्य सेवा केन्द्रको उद्घाटन समारोह सदस्य सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश शर्मा गणेशको अध्यक्षता, उपाध्यक्ष टिकाराम शर्माको स्वागत र सचिव तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीले ३० वटा भन्दा धेरै बिप्रेसण कम्पनीहरुसँग कारोवार समेत गर्दै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

ढोरपाटन–९ मा एमालेका घर्ती विजयी

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki