Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला लिग फुटबलः बाल जीवनको लगातार दोस्रो

  • १ चैत्र २०७८, मंगलवार २०:२७

बागलुङ, १ चैत । बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बाल जीवन खेलकुद क्लबले लगातार दोस्रो र बागलुङ कालिका युवा क्लबले पहिलो जित निकालेका छन् ।

मंगलबार भएको समुह ‘ख’को पहिलो खेलमा बाल जीवन खेलकुद क्लबले विर गोर्खाली युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाल जीवनको लागि मोहन थापाले २ र अजय पुनले १ गोल गरेका थिएभने विर गोर्खालीको लागि एक मात्र गोल शेखर क्षेत्रीले गरेका थिए ।

बाल जीनको लागि मोहन थापाले खेलको ३१ औं र ८४ औं मिनेटमा गरेका थिएभने अजय पुनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । विर गोर्खालीको लागि शेखर क्षेत्रीले ८२ औं मिनेटमा गरेका थिए ।

लगातार दोस्रो जित निकालेको बाल जीवनले दुई खेलमा ६ अंकका साथ समुह ‘ख’को शिर्ष स्थानमा रहेको छभने पराजित भएको विर गोर्खाली एक जित र एक हार सहित ३ अंकका साथ समुहको दोस्रो स्थानमा रहेको छ ।

यस्तै आजै भएको समुह ‘ख’को दोस्रो खेलमा बागलुङ कालिका युवा क्लबले रुद्रेपिपल युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । बागलुङ कालिकाले उपहार गोलबाट खाता खोलेको थियो । खेलको २६ औं मिनेटमा रुद्रेपिपलका विजय कार्कीले आत्मघाति गोल गरेका थिए । बागलुङ कालिकाको लागि खेलको ३७ औं मिनेटमा देवेन्द्र केसीले र ४७ औं मिनेटमा निरज थापाले गोल गरेका थिए ।

रुद्रेपिपलको लागि खेलको ६८ औं मिनेटमा ऋषि बजगाइले गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा प्राप्त गरेको पेनाल्टीमा कविन पुनको प्रहार रोकिएपछि ऋषिले गोलमा परिणत गरेका थिए ।

प्रतियोगितमा पहिलो जित हात पारेको बागलुङ कालिकाले दुई खेलमा ३ अंकका साथ समुह ‘ख’को तेस्रो स्थानमा रहेको छभने दोस्रो हार व्यहोरेको रुद्रेपिपल समुहको अन्तिममा रहेको छ ।

प्रतियोगिता अन्तरगत बुधबार समूह ‘क’का लिगका अन्तिम खेल हुनेछन् । बुधबार समूह ‘क’को पहिलो रामरेखा युवा क्लब र पावर फिटनेस क्लबका विच हुनेछभने दोस्रो खेल गुठी युनाइटेड क्लब र कालिका भगवती युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो । बुधबारको दोस्रो खेलको विजेता टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल प्रवेशको लागि गुठी युनाइटेडलाई जित्नै पर्ने दबाब रहेको छभने कालिका भगवती युवा क्लबलाई बराबरीले पनि पुग्नेछ ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki