Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला लिग फुटबलः गुठी युनाइटेड र कालिका भगवती विजयी

  • ३० फाल्गुन २०७८, सोमबार २०:५०

बागलुङ, ३० फागुन । कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको समुह ‘क’को शिर्ष स्थानमा उक्लिएको छ ।

सोमबार भएको समुह ‘क’को लिगको दोस्रो चरणको खेलमा रामरेखा युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती समुहको शिर्ष स्थानमा उक्लिएको हो । मनिष श्रेष्ठको ह्याट्रिक गोलको मद्धतमा कालिका भगवतीले रामरेखा विरुद्ध सानदार जित हात पारेको थियो ।

रामरेखाले खेलको दोस्रो मिनेटमै विश्वास थापाको गोलबाट अग्रता लिएको थियो । थापाले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । उक्त प्रहारलाई रामरेखाका गोलकिपर सुजन किसानले बचाउने कुनै मौका नै पाएनन् ।

रामरेखा विरुद्ध आक्रमक खेल प्रस्तुत गरेका बागलुङ कालिकाका मनिष श्रेष्ठले खेलको ४५ औं र ५४ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा लगातार गोल खाएको रामरेखाको लागि कप्तान गणेश चोखालले मैदानको विच भागबाट गरेको प्रहार गोलमा परिणत हुँदै खेल ३–१ गोलअन्तरमा झारेका थिए । तर, खेलको ६९ औ मिनेटमा कालिका मनिष श्रेष्ठले गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । कालिका भगवतीको लागि रोशन लामिछानेले खेलको ७७ औं मिनेटमा गोल गर्दै ५–१ गोलअन्तरले जित दिलाए ।

दुई खेलमा चार अंक प्राप्त गरेको कालिका भगवती युवा क्लब गोलअन्तरको आधारमा समुहको शिष स्थानमा उक्लिएको छ ।

यस्तै आजै भएको समुह ‘क’को पहिलो खेलमा गुठी युनाइटेड क्लबले पावर फिटनेस क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

गुठी युनाइटेडले खेलको २० औं मिनेटमा अभिषेक बोहोराको गोलबाट अग्रता लिएको थियो । उसको लागि खेलको २९ औं मिनेटमा सुदिप श्रेष्ठले गोल गरेका थिए भने ४४ औं मिनेटमा विनम गुरुङले गोल गरेका थिए । गुठीको लागि अन्तिम गोल खेलको ५७ औं मिनेटमा सुनिल श्रीसले गोल गर्दै ४–० को जित दिलाए ।

सोमबारको जित पछि समुह ‘क’मा गुठीको ४ अंक रहेको छ । गुठी र कालिका भगवतीको समान अंक भएपनि गोलअन्तरको आधारमा गुठी दोस्रो स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच गुठी युनाइटेडका गोविन थापा घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबार समूह ‘ख’का लिगका दोस्रो चरणका खेलहरु हुनेछन् । मंगलबार समूह ‘ख’को पहिलो बिर गोर्खाली युवा क्लब क्लब र बाल जीवन खेलकुद क्लबका विच हुनेछभने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

भैरवस्थानमा हरेलो मेला

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki