Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

जिल्ला लिग फुटबलः गुठी युनाइटेड र कालिका भगवती विजयी

  • ३० फाल्गुन २०७८, सोमबार २०:५०

बागलुङ, ३० फागुन । कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको समुह ‘क’को शिर्ष स्थानमा उक्लिएको छ ।

सोमबार भएको समुह ‘क’को लिगको दोस्रो चरणको खेलमा रामरेखा युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती समुहको शिर्ष स्थानमा उक्लिएको हो । मनिष श्रेष्ठको ह्याट्रिक गोलको मद्धतमा कालिका भगवतीले रामरेखा विरुद्ध सानदार जित हात पारेको थियो ।

रामरेखाले खेलको दोस्रो मिनेटमै विश्वास थापाको गोलबाट अग्रता लिएको थियो । थापाले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । उक्त प्रहारलाई रामरेखाका गोलकिपर सुजन किसानले बचाउने कुनै मौका नै पाएनन् ।

रामरेखा विरुद्ध आक्रमक खेल प्रस्तुत गरेका बागलुङ कालिकाका मनिष श्रेष्ठले खेलको ४५ औं र ५४ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा लगातार गोल खाएको रामरेखाको लागि कप्तान गणेश चोखालले मैदानको विच भागबाट गरेको प्रहार गोलमा परिणत हुँदै खेल ३–१ गोलअन्तरमा झारेका थिए । तर, खेलको ६९ औ मिनेटमा कालिका मनिष श्रेष्ठले गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । कालिका भगवतीको लागि रोशन लामिछानेले खेलको ७७ औं मिनेटमा गोल गर्दै ५–१ गोलअन्तरले जित दिलाए ।

दुई खेलमा चार अंक प्राप्त गरेको कालिका भगवती युवा क्लब गोलअन्तरको आधारमा समुहको शिष स्थानमा उक्लिएको छ ।

यस्तै आजै भएको समुह ‘क’को पहिलो खेलमा गुठी युनाइटेड क्लबले पावर फिटनेस क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

गुठी युनाइटेडले खेलको २० औं मिनेटमा अभिषेक बोहोराको गोलबाट अग्रता लिएको थियो । उसको लागि खेलको २९ औं मिनेटमा सुदिप श्रेष्ठले गोल गरेका थिए भने ४४ औं मिनेटमा विनम गुरुङले गोल गरेका थिए । गुठीको लागि अन्तिम गोल खेलको ५७ औं मिनेटमा सुनिल श्रीसले गोल गर्दै ४–० को जित दिलाए ।

सोमबारको जित पछि समुह ‘क’मा गुठीको ४ अंक रहेको छ । गुठी र कालिका भगवतीको समान अंक भएपनि गोलअन्तरको आधारमा गुठी दोस्रो स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच गुठी युनाइटेडका गोविन थापा घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबार समूह ‘ख’का लिगका दोस्रो चरणका खेलहरु हुनेछन् । मंगलबार समूह ‘ख’को पहिलो बिर गोर्खाली युवा क्लब क्लब र बाल जीवन खेलकुद क्लबका विच हुनेछभने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki