Skip to content

follow us

baglungkhabar.tv

24th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा जिल्ला लिग फुटबल सुरु, पहिलो दिन दुई खेल सम्पन्न

  • अर्जुन कार्की
  • २८ फाल्गुन २०७८, शनिबार २१:००

बागलुङ, २८ फागुन । बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा गुठी युनाइटेड क्लब र रामरेखा फुटबल क्लबले १–१ गोल बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । गुठी युनाइटेडको लागि सुदिप श्रेष्ठले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यो अग्रता दुई मिनेट पनि टिकेन । रामरेखा फुटबल क्लबका सागर बानियाँले खेलको ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए । दुवै टिमले १/१ अंक प्राप्त गरेका छन् ।

उक्त खेलको म्यानअफदि म्याच रामरेखाका गोलकिपर सुजन किसान घोषित भएका थिए ।

यस्तै आज भएको दोस्रो खेलमा पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा पावर फिटनेसले बराबरीमा खेलको अन्त्य गरेको हो ।

खेलको २२ औं मिनेटमा सन्दिप विकले गोल गर्दै पावर फिटनेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा पावर फिटनेशले पेनाल्टी प्राप्त गरेपनि अनुपम श्रेष्ठको प्रहार बारमा लाग्दै बाहिरिएपछि अग्रता दोब्बर गर्ने मौका गुमाएको थियो । पहिलो हाफ १ गोलले पछि परेको कालिका भगवतीको लागि खेलको हाफको ५५ औं मिनेटमा रोशन लामिछानेले गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

दोस्रो हाफको ८० औं मिनेटमा पावर फिटनेशका गोलकिपर विट भइसकेको अवस्थामा गोललाइनबाट विकास थापाले हातले बल जोगाएपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । उक्त फलमा कालिका भगवतीले प्राप्त गरेको पेनाल्टीमा गणेश लामिछानेको प्रहार बाहिरिएपछि अन्तिम समयमा अग्रता लिने सुन्दर मौका गुमाएको थियो । खेलको निर्धारित समयसम्म दुवै टिमबाट अन्य गोल नहुँदा १–१ अंक बाँडेका छन् ।

खेलको म्यानअफदि म्याच पावर फिटनेश क्लबका अनुपम श्रेष्ठ घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत अन्तरगत आईतबार समूह ‘ख’का खेलहरु हुनेछन् । समूह ‘ख’को पहिलो खेल रुद्रेपिपल युवा क्लब र विर गोर्खाली युवा क्लब विच हुनेछभने दोस्रो खेल बाल जीवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।
राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।
लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

भर्खरै

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki