Skip to content

follow us

baglungkhabar.tv

3rd October 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जोशीविरुद्ध नेकपाले महाअभियोग प्रस्ताव ल्याउँने

  • ४ आश्विन २०७५, बिहीबार ११:५०

काठमाडौँ — संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशी विरुद्ध नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भएको हो ।त्यसका लागि बिहीबार दिउँसो संसद भवनमा नेकपाले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ।

उनीविरुद्ध बिहीबारकै संसद सचिवालयमा दर्ता गर्ने तयारी भइरहेको एक सांसदले जानकारी दिए। संविधान अनुसार एक तिहाई सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्छन्। प्रस्ताव दर्ता भए लगत्तै सम्बन्धित व्यक्ति निलम्बित हुन्छन्।

संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि जोशी विदामा बसेका थिए। नयाँ प्रधानाध्याधीशको नियुक्तीसँगै जोशी पुनःसर्वोच्च फर्किएका थिए। उनलाई इजालास समेत तोकिएको थियो।

यसअघि पनि नेकपा सांसदहरुले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध यस्तै खाली कागजमा हस्ताक्षर गरेका थिए। पछि त्यो हस्ताक्षर महाअभियोग दर्ता गर्नका लागि प्रयोग भएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

ट्राफिक सप्ताह २०८० कार्यक्रम भव्यताका साथ सुरु

श्री मेहर गणले जित्यो प्रथम अर्ना जेसिज कप फुटबलको उपाधि

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

दसैँमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने

नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा

आन्दोलनरत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki