Skip to content

follow us

baglungkhabar.tv

23rd April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन

bk logo final png
  • बागलुङ खबर
  • २१ मंसिर २०७८, मंगलवार १८:३३

बलेवा, २१ मंसिर । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् ।

व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएकोे जानकारी दिनुभयो । पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने जनाउँदै प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो ।

मन्त्रालयको पर्यटन महाशाखाले सरोकारवालाको बैठक राखेर प्याराग्लाइडिङ सञ्चालन हुने जनाउँदै पूर्वाधार निर्माणको काम लगाएको थियो । यसपछि पश्चात् यहाँ प्याराग्लाइडिङ हुने/नहुने भन्ने विषय अन्योलमा छ । २०७५ सालमा गरिएको बलेवा महोत्सवका समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको थियो ।

‘‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउदा विस्थापन हुने प्याराग्लाइडिङको बलेवामा व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ, ‘‘तर विमानस्थल सञ्चालन र पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने नहुने विषय नै विचाराधीन रहेकाले यहाँ तत्काल व्यवसायिक उडानको सम्भावना कम छ ।’’ तयार भएका संरचना निजी कम्पनीले अनुमति लिएर सुरु गर्न चाहेमा काम गर्न सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो । बलेवामा प्याराग्लाइडिङको सम्भावना देखेकाले नै पूर्वाधार निर्माण भएको पौडेलले बताउनुभयो ।

‘‘पोखराको प्याराग्लाइडिङ विस्थापन नगरेरै विमानस्थल चलाउन सकिन्छ भन्ने विषयमा छलफल चलेको जानकारीमा आएका छन्,’’ उहाँले भन्नुभयो, ‘‘यदि पोखरामा दुवै सम्भव हुँदा यहाँ नयाँ व्यावसायिक कम्पनीले उडान गर्न सक्छन् ।’’ उहाँले नागरिक उड्ड्यन र पर्यटन मन्त्रालयले टङ्ंगो लगाए बलेवामा नयाँ हिसाबले प्याराग्लाइडिङ चलाउन सकिने जानकारी दिनुभयो ।

यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त भएको प्यारापाइलट बताउछन् । प्रदेश सरकारले यसअघि परीक्षण सफल भइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई विकल्पको रुपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो ।

पाँचवटै स्थानमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि भने पहल भएका छैनन् ।‘‘आइकाओको मान्यताअनुसार पोखरामा विमानस्थल सञ्चालनमा आउदा प्याराग्लाइडिङ विस्थापन हुन्छ, मन्त्रालय र महाशाखाले पूर्व तयारी गरेको हो,’’ पर्यटन महाशाखाका प्रमुख दुर्गा श्रीषले भन्नुभयोे,‘‘अहिले नै प्रयोगमा नआएको भए पनि तयार भएका संरचना प्रयोगमा आउछन् ।’’

मन्त्रालयले सबै संरचनाको विषयमा जानकारी राखेको श्रीषले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्नेगरी तयार पारिएका संरचना रहेको स्थान एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्लाको मुकाममाथि शयर गर्न सकिने र सहासिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको सरोकारवाला बताउछन् । (रासस)

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङले पायो दुई मन्त्री

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

सरकारी गाडीको ठक्करबाट गयो पैदल यात्रीको ज्यान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki