Skip to content

follow us

baglungkhabar.tv

7th December 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ क्षेत्र नं १ सभापतिमा शर्मा र २ मा बुढा विजयी

  • ८ मंसिर २०७८, बुधबार २०:०६

बागलुङ, ८ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा भएको दुई निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

मंगलबार भएको मतदानको आज (बुधबार) आएको नतिजाअनुसार नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा चन्डीप्रसाद शर्मा र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन् । शर्मा रामचन्द्र पौडेल समुहका हुन्भने बुढा संस्थापन समुहका हुन् ।

त्यसैगरी, क्षेत्र नं. १ को सचिवमा गोविन्द बहादुर पौडेल (गोपाल) र जयराम भारी निर्वाचित भएका छन् । यस्तै सहसचिवमा गणेश लम्साल र विष्णुराज पौडेल निर्वाचित भएका छन् ।

प्रदेशसभा क्षेत्र (क) महिला सदस्यमा टुकादेवी शर्मा आचार्य, प्रदेशसभा क्षेत्र (क) खुल्ला सदस्यमा उमेश के.सी. र जय बहादुर के.सी., प्रदेशसभा क्षेत्र (ख) महिला दस्यमा लक्ष्मी देवी सापकोटा र प्रदेशसभा क्षेत्र (ख) खुल्ला सदस्यमा खुमराज पौडेल र गणेशदत्त पौडेल निर्वाचित भएका छन् ।

यस्तै प्रतिनिधिसभा महिला सदस्यमा रिवकला शर्मा (रिता), प्रतिनिधिसभा खुल्ला सदस्यमा देवबहादुर थापा, शंकर शर्मा र शिव आचार्य, खस आर्य महिला सदस्यमा गुमादेवी पाध्या गौतम, खसआर्य खुल्ला सदस्य चक्र बहादुर खड्का क्षेत्री र दिनानाथ गौतम, आदीवासी जनजाति तर्फ महिला सदस्यमा जुनु श्रेष्ठ जिसी र खुल्ला सदस्यमा पुरन बहादुर सरबुजा, दलित खुल्ला सदस्यमा तिल बहादुर नेपाली, मुस्लिम, अपाङ्ग÷अल्पसंख्यक सदस्यमा होमनाथ शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ जगदिशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कंडेल, प्रकाश शर्मा पौडेल, ओमकार थापा, नवराज पौडेल, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै महिला तर्फ शकुन्तला शर्म, कल्पना पाठक हमाल, चम्पादेवी खड्का र पार्वती आचार्य निर्वाचित भएका छन्

त्यसैगरी कांग्रेस बागलुङ क्षेत्र नं २ को सचिवमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल निर्वाचित भएका छन् । सहसचिवमा दिपक कुँवर र निरन चन्द निर्वाचित भएका छन् ।

यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा ज्ञान बहादुर श्रीस, दिपेन्द्र कुँवर र राम बहादुर खड्का निर्वाचित भएका छन्भने समानुपातिक खस आर्य तर्फ अनिता कुमारी जैसी निर्वाचित भएकी छिन् ।
समानुपातिक आदीवासी जनजाती खुल्ला तर्फ भागिबहादुर घर्ती निर्वाचित भएका छन् । समानुपातिक दलित महिला तर्फ कमला विक निर्वाचित भएकी छिन् ।

दलित खुल्ला तर्फ ठगबहादुर विक, अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ प्रदेश (क) तर्फ कर्ण बहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी भएका छन्भने प्रदेश (ख) खुल्ला तर्फ जीवन कुँवर र थमप्रकाश छन्त्याल निर्वाचित भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

बागलुङमा भूकम्पको धक्का

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

चौरजहारी हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैदको फैसला

इमेज सहकारीका कार्यबाहक अध्यक्ष परियार पुर्पक्षका लागि कारागार चलान

बागलुङको ढोरपाटनमा हिमपात

ढोरपाटनमा हिमपात, जनजीवन कष्टकर

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki