Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ क्षेत्र नं १ सभापतिमा शर्मा र २ मा बुढा विजयी

  • ८ मंसिर २०७८, बुधबार २०:०६

बागलुङ, ८ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा भएको दुई निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

मंगलबार भएको मतदानको आज (बुधबार) आएको नतिजाअनुसार नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा चन्डीप्रसाद शर्मा र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन् । शर्मा रामचन्द्र पौडेल समुहका हुन्भने बुढा संस्थापन समुहका हुन् ।

त्यसैगरी, क्षेत्र नं. १ को सचिवमा गोविन्द बहादुर पौडेल (गोपाल) र जयराम भारी निर्वाचित भएका छन् । यस्तै सहसचिवमा गणेश लम्साल र विष्णुराज पौडेल निर्वाचित भएका छन् ।

प्रदेशसभा क्षेत्र (क) महिला सदस्यमा टुकादेवी शर्मा आचार्य, प्रदेशसभा क्षेत्र (क) खुल्ला सदस्यमा उमेश के.सी. र जय बहादुर के.सी., प्रदेशसभा क्षेत्र (ख) महिला दस्यमा लक्ष्मी देवी सापकोटा र प्रदेशसभा क्षेत्र (ख) खुल्ला सदस्यमा खुमराज पौडेल र गणेशदत्त पौडेल निर्वाचित भएका छन् ।

यस्तै प्रतिनिधिसभा महिला सदस्यमा रिवकला शर्मा (रिता), प्रतिनिधिसभा खुल्ला सदस्यमा देवबहादुर थापा, शंकर शर्मा र शिव आचार्य, खस आर्य महिला सदस्यमा गुमादेवी पाध्या गौतम, खसआर्य खुल्ला सदस्य चक्र बहादुर खड्का क्षेत्री र दिनानाथ गौतम, आदीवासी जनजाति तर्फ महिला सदस्यमा जुनु श्रेष्ठ जिसी र खुल्ला सदस्यमा पुरन बहादुर सरबुजा, दलित खुल्ला सदस्यमा तिल बहादुर नेपाली, मुस्लिम, अपाङ्ग÷अल्पसंख्यक सदस्यमा होमनाथ शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ जगदिशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कंडेल, प्रकाश शर्मा पौडेल, ओमकार थापा, नवराज पौडेल, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै महिला तर्फ शकुन्तला शर्म, कल्पना पाठक हमाल, चम्पादेवी खड्का र पार्वती आचार्य निर्वाचित भएका छन्

त्यसैगरी कांग्रेस बागलुङ क्षेत्र नं २ को सचिवमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल निर्वाचित भएका छन् । सहसचिवमा दिपक कुँवर र निरन चन्द निर्वाचित भएका छन् ।

यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा ज्ञान बहादुर श्रीस, दिपेन्द्र कुँवर र राम बहादुर खड्का निर्वाचित भएका छन्भने समानुपातिक खस आर्य तर्फ अनिता कुमारी जैसी निर्वाचित भएकी छिन् ।
समानुपातिक आदीवासी जनजाती खुल्ला तर्फ भागिबहादुर घर्ती निर्वाचित भएका छन् । समानुपातिक दलित महिला तर्फ कमला विक निर्वाचित भएकी छिन् ।

दलित खुल्ला तर्फ ठगबहादुर विक, अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ प्रदेश (क) तर्फ कर्ण बहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी भएका छन्भने प्रदेश (ख) खुल्ला तर्फ जीवन कुँवर र थमप्रकाश छन्त्याल निर्वाचित भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki