Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

  • ४ मंसिर २०७८, शनिबार ०९:१५

पर्वत, ४ मंसिर । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताउनुभयो । उहाँले दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत बताउनुभयो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको छ । कम्प्रेसर मसिनसहितका उपकरण जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरण आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको छ । एशोसिएशनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ ।

त्यसका लागि झण्डै रु १२ लाखभन्दा बढी लागत लाग्ने अनुमान छ । १५ शय्या क्षमताको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्न बनेका भवनको काम करिब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।

झण्डै रु ७५ लाख लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेका छन् । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ । जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाइनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आजको मौसमः देशैभरी पानी पर्ने

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki