Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

  • ३ मंसिर २०७८, शुक्रबार ०८:३६

गलकोट, ३ मंसिर । पोखराका पत्रकार दीनानाथ बराल भुस पोल्ने मेलाका अवसरमा बागलुङको ताराखोला गाउँपालिकाको अर्गल पुग्नुभयो । ताराखोलाको प्रमुख पर्व हो भुस पोल्ने पर्व । गण्डकी प्रदेशका धेरै घरबासको स्वाद चाख्नुभएका पत्रकार बरालले अर्गलको किकल्टा घरबासमा अलि फरक स्वाद लिएको प्रतिक्रिया दिनुभयो । बराललाई त्यहाँको संस्कृति, सिस्नोको परिकार र मार्सी चामलको भातले निकै लोभ्यायो ।

बरालमात्रै होइन, पछिल्लो तीन वर्षयता ताराखोलाको किकल्टा घरबास (होमस्टे) पुग्ने पाहुनाले जैविक परिकारका स्वादले मनै लोभ्याएको प्रतिक्रिया दिनुहुन्छ । “अन्य घरबासभन्दा धेरै फरक लाग्यो, आयात गरेको खानाको परिकार शून्य थियो, सबै गाउँमा उत्पादन भएको रहेछ”, पत्रकार बरालले भन्नुभयो, “सोरठी नाचले स्वागत गर्ने, मार्सी चामलको भात, सिस्नोको फाँडोसँग खादा छुट्टै आनन्द आयो, साँच्चिकै घरबासको आनन्द यहाँ रहेछ ।”

घरबासमा खासगरी जैविक खानाका परिकारको स्वाद लिन र सांस्कृतिक परम्परा हेर्न आन्तरिक पर्यटक घरबासमा पुग्ने भए पनि पछिल्लो समय घरबास आयात सामग्रीमा भर परेको जनगुनासो छ । किकल्टामा बनाइएका सबै खानाका परिकार गाउँमै उत्पादन भएका छन् । पहिला घरबासअघि सामान्य रहेको अर्गल, घरबास सञ्चालनपछि परिवर्तन भएको छ । ताराखोलाको स्थानीय ढुङ्गा टाँसेर चिटिक्क परेका घर र घरभित्र चिटिक्क परेका सफा कोठा तथा मिलेको गाउँले घरबासलाई प्रवद्र्धन गर्दै आएको छ ।

सिस्नोको फाँडो र मार्सी चामलको भातमात्रै होइन, ताराखोलामा उत्पादित भाँगोको अचार, मकैको पिठोबाट बनेको सेलरोटी, कोदोको ढिँडो, लोकल कुखुराको मासुलगायत परिकार घरबासको आकर्षण रहेको छ । यहाँका स्थानीय महिला घरबास सञ्चालनसँगै आफ्नो दिनचर्यामा समेत परिवर्तन आएको बताउँदै आएका छन् । घरबास सञ्चालनअघि बजारबाट ल्याइएका खाद्यान्न उपभोग गर्ने, गाउँमा उत्पादन भएको जैविक कर्कलो, पिडालु तथा अन्य परिकार बारीमै कुहिने अवस्था रहेकामा अहिले तिनै जैविक खानेकुरा पकाएर आम्दानी गर्दा यहाँका महिला दङ्ग भएको किकल्टा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष फूलमाया रोकाले बताउनुभयो ।

“विशेषगरी महिलाहरूको बढी सहभागिता छ, पुरुषले सहयोग गरिराख्नुभएको छ, मसमेत दङ्ग छु घरबासमा कोरोनापछि निकै पाहुना आइराख्नुभएको छ”, अध्यक्ष रोकाले भन्नुभयो, “बारीमा भएका पिडालु, कर्कलो र पाखामा भएको सिस्नो पाहुनाले रुचाउँलान्, आम्दानी होला भन्ने सोचेकै रहेनछौँ, घरबासले हाम्रो सोचाइमा धेरै परिवर्तन आएको छ, यसमा प्रमुख देन ताराखोला गाउँपालिकाको रहेको छ ।” घरबास गाउँपालिकाको केन्द्र नजिकै रहेकाले समेत पाहुनाको पहुँचमा छ । बामे सर्दै गरेको घरबासमा कोरोनाले केही समस्या ल्याए पनि अहिले पाहुनामा वृद्धि भइरहेको रोकाको भनाइ छ । तीन वर्षअघि सात घरबाट सञ्चालनमा आएको किकल्टा घरबास अहिले पाहुनाको चापसँगै क्षमतासमेत विस्तार गरी १० घर पु¥याइएको घरबास सञ्चालिका दिया श्रीष घर्तीमगरले बताउनुभयो ।

उहाँका अनुसार पाहुनालाई आरामका लागि कोठा र जैविक परिकार खुवाउनुपर्ने तालिममा सहभागीका क्रममा थाहा पाएपछि खाना र कोठामा निकै सुधार गरिएको छ । “पाहुनाको रुचि अग्र्यानिक परिकार रहेछ, पहिला बजारको चामल ल्याएर खुवाइन्थ्यो, यहाँको बारीमा फल्ने मार्सी चामल लोप हुने, पिडालु बारीमै कुहिने अवस्था थियो, तर अहिले घरबासका पाहुनालाई खुवाउन उत्पादन बढाउँदै लगेका छौँ”, उहाँले भन्नुभयो, “अहिले घरबास सञ्चालकले खेतबारीमै मार्सी धान उत्पादन गर्न थालेका छौँ, बारीको कान्लामा रहेको सिस्नो टिप्न थालेका छौँ, बजारबाट सामानको आयात शून्य बनाउँदै लगेका छौँ ।”

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि ताराखोला गाउँपालिकामा सञ्चालित किकल्टा घरबासमा पाहुनाको लर्को नै लाग्न थालेको छ । घरबासमा गाउँपालिकाका कर्मचारीले समेत सुझाव दिँदै आएका छन् । ताराखोला चिसो ठाउँ भएकाले त्यहाँ उत्पादन हुने साग, मुला, गाँजरलगायत फलफूलसमेत जैविक र स्वादिष्ट हुने हुनाले पाहुनाको रोजाइमा किकल्टा घरबास पर्दै आएको छ ।

ताराखोलामा रहेको सोरठी नाच पाहुनाको मनोरञ्जनको माध्यमसमेत बनेको छ । स्थानीय सञ्जय रोकाका अनुसार घरबास भनेको के हो समेत थाहा नपाएका हामीलाई गाउँपालिका र प्रदेश सरकारले विभिन्न सहयोग गरेको र अहिले महिला आयआर्जनका लागि सफल भएका छौं । महिलाहरूको मेहेनत र गाउँपालिकाको साथका कारण घरबासमा पहुनाको आगमन बढ्दै आएको छ । अहिले एक नम्बर घरमा सामूहिक खाना खाने, नाचगान गर्ने र १० घरमा बाँडिएर सुत्ने चलन घरबासको रहेको छ ।

सुरुमा गाउँपालिकाले घरबास प्रवद्र्धनका लागि रु पाँच लाख दिएको र गण्डकी प्रदेश सरकारले रु १० लाख दिएको थियो । त्यही सहयोगको जगमा अर्गल गाउँको घरबास अहिले यो अवस्थामा आएको छ । अहिले किकल्टामा एक रातमा ५० जना पाहुना बस्न सक्ने क्षमता छ । घरबासका कारण स्थानीयवासीको अग्र्यानिक खानाप्रतिको सोचाइमा नै परिवर्तन आएको छ । (रासस)

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki