Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पस्मिना उत्पादनका लागि ऊनको गुणस्तर अध्ययन

  • १ मंसिर २०७८, बुधबार १३:३२

म्याग्दी, १ मंसिर । मुस्ताङमा उत्पादन भएको पस्मिनाको कच्चापदार्थ ऊनको गुणस्तर अध्ययन गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घ र फाइबर प्रोसेसिङ प्रालिको अनुरोधमा विश्व व्यापार सङ्गठनको सहयोगमा विदेशी विज्ञको टोलीले मुस्ताङको लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ऊनको गुणस्तर अध्ययन गरेको हो ।

स्कटल्याडका ऊन विज्ञ डेबिड लि, विश्व व्यापार सङ्गठनका इञ्जिनीयर प्रकाश झा, पस्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगड र उपाध्यक्ष धनप्रसाद लामिछानेको टोली तीन दिनको अध्ययन सकेर आज काठमाडौँ फर्किएको छ । उपाध्यक्ष लामिछानेले स्वदेशी ऊन प्रशोधन गरेर पस्मिना उत्पादनको लागि गुणस्तर र अवस्था अध्ययन गरिएको जानकारी दिनुभयो । “विज्ञको सिफारिसको आधारमा ऊन सङ्कलन, भण्डारण र प्रशोधनका लागि उपयुक्त उपकरण र प्रविधिको व्यवस्थापन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “सङ्कलन विधिलाई सुधार गरेमा मुस्ताङको ऊनबाट गुणस्तरीय पस्मिना उत्पादन गर्न सकिने सुझाव पाएका छौँ ।”

टोलीले लोघेकर–दामोदरकुण्ड, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि र च्याङग्रापालक किसानसँग अन्तक्र्रिया गरेको जनाइएको छ । पस्मिना उद्योगीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेर रु एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरिद गरेर राखेका छन् ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु. तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको सङ्घका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताउनुभयो ।

पस्मिना उद्योगी भीम शेरचनले मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताउनुभयो । “परम्परागत र अव्यस्थित रुपमा सङ्कलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ”, उहाँले भन्नुभयो, “च्याङग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ ।”

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन सतही गरेर लैजान्थे ।

कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुनसकेको थिएन् । लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले खेरगइरहेको ऊनले उचित मूल्य र बजार पाएपछि किसानमा खुसीयाली छाएको बताउनुभयो । लोमान्थाङ, कागबेनी र जोमसोममा पनि भुवा सङ्कलन केन्द्र राख्न किसानले प्रस्ताव गरेका छन् ।

किसानले केन्द्रमा ल्याउने ऊन सङ्कलन गरेर सङ्घले खरिद गरी काठमाडौँ लैजाने सम्झौता भएको छ । प्रतिकिलो अप्रशोधित ऊनको सरदर मूल्य रु चार हजार ५०० कायम गरिएको सङ्घले जनाएको छ । वैशाख, जेठ महिना च्याङ्ग्राको शरीरबाट ऊन निकाल्ने याम हो । ऊन निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका लागि तालीम सञ्चालन गर्ने तयारी भएको छ ।

मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ । च्याङग्राको ऊन पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्याङग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लामा ५२ हजार च्याङग्रा पालिएको छ । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki