follow us

baglungkhabar.tv

23rd May 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पूर्वाधारपछि पर्यटन केन्द्रित हुँदै ताराखोला गाउँपालिका

  • २९ कार्तिक २०७८, सोमबार ०८:१९

गलकोट २९ कात्तिक । राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेको ताराखोला गाउँपालिकाले विकासमा क्रमशः फड्को मार्न थालेको छ । ताराखोलामा स्थानीय तह बने यताको चार वर्षमा उल्लेख्य भौतिक संरचना थपिएका छन् । गाउँपालिकाको कुनै कार्यालय पनि अहिले भाडाका घरमा छैनन् ।

गाउँपालिकाको आफ्नै कार्यालय छ । झण्डै रु तीन करोडको लागतमा प्रशासनिक भवन ठडिँदैछ । पाँच सय क्षमताको आधुनिक बहुउद्देश्यीय सभाहल निर्माण सकिएको छ भने ताराखोला सङ्ग्रहालयको काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाको ध्यान पर्यटनमा केन्द्रित गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । घुस्मेलीमा पक्की पुलसमेत निर्माण भइसकेको छ ।

“सडकमा भने भौगोलिक जटिलताका कारण सोचेजस्तो सुधार गर्न नसके पनि कार्यालय व्यवस्थापन, सभाहल, कर्मचारी आवास, वडा कार्यालय अहिले आफ्नै भवनबाट सञ्चालनमा ल्याएका छाँै,” उहाँले भन्नुभयो, “चार वर्षको अवधिमा आधारभूत भौतिक संरचना तयार भइसकेको छ, शहीद मार्ग कालोपत्रेका लागि पूर्वाधार निर्माण भइरहेको छ, तर भिरालो बस्ती भएका कारण सडक सञ्जालले सबै गाउँ छोए पनि सहजपूर्ण यात्रा गराउन सकिएको छैन, सडकमा लगानी ठूलो लाग्ने भएकाले समस्या छ ।”

उहाँका अनुसार ताराखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको विकास र नयाँ पर्यटकीय क्षेत्र बनाउनका लागि एकीकृतरुपमा विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाएर अगाडि बढेको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । पाँच वडा रहेको गाउँपालिकामा पर्यटनको सम्भावना तथा भौगोलिक बनावटका आधारमा पर्यटनको विकासका लागि पालिकाले काम थालेको छ । पालिकाले करिमेलामा स्टोन भिलेज गाउँ निर्माण, सिपमा पोखरी र पर्यटकीय पदमार्ग, अर्गलको गयरामा शहीद पार्क, मोतीमारेमा पर्यटकीय पार्क, सिद्ध गुफा संरक्षण र रानु झरनामा पूर्वाधार निर्माण गर्ने गरी १७ करोडको लागतमा डीपीआर तयार भइसकेको ताराखोला गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारको पर्यटन विभाग र स्थानीय तहको साझेदारीमा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभयो । तत्कालै स्टोन भिलेज गाउँ करिमेलाबाट पर्यटनको काम सुरु हुने र अहिले सङ्घ सरकारको रु ५० लाख र गाउँपालिकाको दश लाखमा काम सुरु हुनेछ । पालिकाले एक गाउँ एक पोखरी निर्माणअन्तर्गत नयाँ निर्माण र पुराना मर्मत गरी २० पोखरी बनाएको छ ।

शहीद उद्यानमा तयार गरिँदैछ । अहिले गाउँपालिकामा घरबाससमेत फस्टाउँदै आएको छ । कोरोनापछि घरबासमा राम्रे पाहुना आउन थालेको ताराखोलास्थित किकल्टा घरबासका सञ्चालक समितिका अध्यक्ष फूलमाया रोकाले जानकारी दिनुभयो । ताराखोलाको भुस पोल्ने मेला, एकादशी मेलालगायतमा मेला लक्षित गरी आउने पाहुनाको चाप बढी रहेको ताराखोलाका घरबासका सञ्चालक बताउँछन् । (रासस)

Share

प्रतिक्रिया

थप समाचारहरु

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

ढोरपाटन–९ मा एमालेका घर्ती विजयी

लोकप्रिय

खेम कार्की र सर्मिला गुरुङ्गको आवाजमा ‘कालिपारी’ गीत सार्वजनिक

बागलुङ, जैमिनी र बरेङमा गठबन्धन विजयी

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

भर्खरै

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki