Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पूर्वाधारपछि पर्यटन केन्द्रित हुँदै ताराखोला गाउँपालिका

  • २९ कार्तिक २०७८, सोमबार ०८:१९

गलकोट २९ कात्तिक । राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेको ताराखोला गाउँपालिकाले विकासमा क्रमशः फड्को मार्न थालेको छ । ताराखोलामा स्थानीय तह बने यताको चार वर्षमा उल्लेख्य भौतिक संरचना थपिएका छन् । गाउँपालिकाको कुनै कार्यालय पनि अहिले भाडाका घरमा छैनन् ।

गाउँपालिकाको आफ्नै कार्यालय छ । झण्डै रु तीन करोडको लागतमा प्रशासनिक भवन ठडिँदैछ । पाँच सय क्षमताको आधुनिक बहुउद्देश्यीय सभाहल निर्माण सकिएको छ भने ताराखोला सङ्ग्रहालयको काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाको ध्यान पर्यटनमा केन्द्रित गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । घुस्मेलीमा पक्की पुलसमेत निर्माण भइसकेको छ ।

“सडकमा भने भौगोलिक जटिलताका कारण सोचेजस्तो सुधार गर्न नसके पनि कार्यालय व्यवस्थापन, सभाहल, कर्मचारी आवास, वडा कार्यालय अहिले आफ्नै भवनबाट सञ्चालनमा ल्याएका छाँै,” उहाँले भन्नुभयो, “चार वर्षको अवधिमा आधारभूत भौतिक संरचना तयार भइसकेको छ, शहीद मार्ग कालोपत्रेका लागि पूर्वाधार निर्माण भइरहेको छ, तर भिरालो बस्ती भएका कारण सडक सञ्जालले सबै गाउँ छोए पनि सहजपूर्ण यात्रा गराउन सकिएको छैन, सडकमा लगानी ठूलो लाग्ने भएकाले समस्या छ ।”

उहाँका अनुसार ताराखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको विकास र नयाँ पर्यटकीय क्षेत्र बनाउनका लागि एकीकृतरुपमा विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाएर अगाडि बढेको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । पाँच वडा रहेको गाउँपालिकामा पर्यटनको सम्भावना तथा भौगोलिक बनावटका आधारमा पर्यटनको विकासका लागि पालिकाले काम थालेको छ । पालिकाले करिमेलामा स्टोन भिलेज गाउँ निर्माण, सिपमा पोखरी र पर्यटकीय पदमार्ग, अर्गलको गयरामा शहीद पार्क, मोतीमारेमा पर्यटकीय पार्क, सिद्ध गुफा संरक्षण र रानु झरनामा पूर्वाधार निर्माण गर्ने गरी १७ करोडको लागतमा डीपीआर तयार भइसकेको ताराखोला गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारको पर्यटन विभाग र स्थानीय तहको साझेदारीमा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभयो । तत्कालै स्टोन भिलेज गाउँ करिमेलाबाट पर्यटनको काम सुरु हुने र अहिले सङ्घ सरकारको रु ५० लाख र गाउँपालिकाको दश लाखमा काम सुरु हुनेछ । पालिकाले एक गाउँ एक पोखरी निर्माणअन्तर्गत नयाँ निर्माण र पुराना मर्मत गरी २० पोखरी बनाएको छ ।

शहीद उद्यानमा तयार गरिँदैछ । अहिले गाउँपालिकामा घरबाससमेत फस्टाउँदै आएको छ । कोरोनापछि घरबासमा राम्रे पाहुना आउन थालेको ताराखोलास्थित किकल्टा घरबासका सञ्चालक समितिका अध्यक्ष फूलमाया रोकाले जानकारी दिनुभयो । ताराखोलाको भुस पोल्ने मेला, एकादशी मेलालगायतमा मेला लक्षित गरी आउने पाहुनाको चाप बढी रहेको ताराखोलाका घरबासका सञ्चालक बताउँछन् । (रासस)

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki