Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा धमाधम ठडिँदै वडा कार्यालय

  • २६ कार्तिक २०७८, शुक्रबार २०:५२
काठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँको वडा भवन ।

बलेवा, २६ कात्तिक । गलकोट नगरपालिकाका वडा कार्यालयले सुविधासम्पन्न आफ्नै भवनमा बसेर सेवासमेत दिन थालेका छन् । पछिल्लो समय वडा नंं १ देखि ११ सम्म आफ्ना वडा भवन बनिसकेका छन् । नगरपालिका र प्रदेश सरकारको बजेट परिचालन गरेर भवन बनेका हुन् । “हामीले रु ३७ लाख लगानी गरेर भवन बनायौँ, अहिले सहज सेवा दिन सक्ने भएका छौँ”, वडाध्यक्ष तेजबहादुर थापाले भन्नुभयो, “थप रु १५ लाख लगानी गरेर रङरोगन र तारबारसमेत गरिसकेका छौँ ।” वडा कार्यालय एकै रङ र डिजाइनका बनेकाले गलकोटमा आकर्षकसमेत देखिएका छन् ।

नगरपालिकाको दुर्गम मानिने रायडाँडामा पनि वडा कार्यालय बनेको छ । लामो समयसम्म विद्यालयको जीर्ण भवनको कोठामा बसेको वडा आफ्नै भवनमा सरेपछि सेवा प्रवाहसमेत चुस्त भएको छ । “एउटै कोठामा लामो समयसम्म दुईवटा टेबुल राखेर बस्यौँ, अहिले बल्ल सेवा प्रवाहमा सहज भएको छ”, वडाध्यक्ष ज्ञानेन्द गौतमले भन्नुभयोे, “नगरपालिकले पर्याप्त बजेट नदिएकाले निर्माणमा ढिलाइ भयो, श्रमदानसमेत जुटाएर कामचलाउ बनाएका छौँ ।”

एकतले भवनमा कार्यालय सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो । वडा नंं ६, ७ र ९ मा भने भवन निर्माणाधीन छन् । वडिगाड र निसीखोलामा पनि वडा कार्यालय धमाधम बन्दैछन् । वडा, पालिका र अन्य स्रोत सङ्कलन गरेर बनेका वडा भवनले सङ्घीयताका संरचना व्यवस्थित र संस्थागत बन्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले बताउनुभयो । “जे–जसरी बनेपनि भवन बनेर व्यवस्थित कार्यालय सञ्चालन गर्दा आफ्नो वडाको सान बढ्छ”, उहाँले भन्नुभयोे, “संस्थागत भइसकेका कार्यालयमा कुनै कर्मचारी वा जनप्रतिनिधि नहुँदा पनि नियमित काम गर्न सहज हुन्छ ।”

यसरी वडा तहमै भवन बनाएर व्यवस्थित बन्ने लहर चलिरहे पनि बागलुङ नगरपालिकाले भने आफ्नै भवन अलपत्र पारेको छ । अहिलेसम्म आफ्नो भवनको तयारी नै नगर्नेमा काठेखोला गाउँपालिका छ । जग्गाको व्यवस्थापन नभएपछि भवन बन्न नसकेको अध्यक्ष अमर थापाले बताउनुभयो । त्यसबाहेक ताराखोला गाउँपालिकाले आफ्नो भवनबाहेक कर्मचारी आवासगृह, सङ्ग्राहलय र सभाहल पनि बनाइसकेको छ । विषयगत कार्यालय र वडा भवन पनि व्यवस्थितरूपमा चल्न थालिसकेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

बरेङले गत वर्ष नै भवन निर्माण थालेको छ भने जैमिनी नगरपालिकाले पहिलो चरणको काम थालिसकेको छ । “जग्गा प्राप्तिमा ढिला भएकाले अड्केका थियौँ, अब कामले गति लिन्छ”, नगरप्रमुख इन्द्रराज पौडेलले भन्न्ुभयोे, “क्रमशः वडा भवन पनि बन्ने क्रम सुरु हुन्छ ।” जैमिनीका वडामा भने आफ्नै भवन हुने थोरै छन् । तमानखोलामा पनि वडा भवन बन्ने क्रम सुरु भएको छ । आफ्नै प्रशासकीय भवन बनाइसकेको तमानले सुशासनलाई प्राथमिकता राखेको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । वडाहरु पनि आफ्नै भवनमा सर्ने गरी कतै जग्गा व्यवस्थापन, कतै भवन निर्माण सुरु भएको उहाँले बताउनुभयो ।

वडा नंं १ र २ को भने अधिकांश सेवा पालिकाबाटै हुने गरेको छ । केही वडा पुराना गाविसको भवनमा सञ्चालित छन् भने केही स्थानमा अझै भाडामा छन् । जग्गाको व्यवस्थापन भएपछि भने वडाले भाडा तिर्न छाडेर भवनकै तयारी गरेको जनप्रतिनिधिले बताए । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki