follow us

baglungkhabar.tv

25th May 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन आउने

  • १२ कार्तिक २०७८, शुक्रबार १२:२४

बागलुङ, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो ।

“अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ”, प्रजिअ कार्कीले भन्नुभयो । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उहाँको भनाइ छ ।

राष्ट्रपति आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

ढोरपाटन–९ मा एमालेका घर्ती विजयी

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki