Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

  • ११ मंसिर २०७७, बिहीबार १२:०३

११ मङ्सिर, बलेवा । हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन् ।

आजका दिन कालीगण्डकीको स्नान गरेर निराहार बस्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । बागलुङको जैमिनी धाम, पर्वतका नरसिंहधामको पश्चिम किनारा, निरहेघाट, मालढुंगालगायत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो छ । धार्मिक मान्यतानुसार आजको दिन विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिन्छ ।

बागलुङमा तुलसीको विवाह गर्नुपूर्व कालीगण्डकीको स्नान गर्नुपर्ने मान्यता छ । आजको दिन अन्न खान नहुने भएकाले बागलुङ बजारमा सखरखण्ड, पिँडालु र वनतरुल बिक्रेताको पनि बाक्लो उपस्थिति छ ।

ससाना डोका तथा ठेलागाडामा निराहार बसेकाहरुका लागि कन्दमूल बिक्री गर्न बिक्रेताहरु बागलुङ बजार आएका छन् । यहाँका ससाना फलफूल तथा तरकारी पसलमा समेत कन्दमूल बिक्रीका लागि राखिएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki