Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

  • ११ मंसिर २०७७, बिहीबार ०७:५८

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ ।

विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने भएको छ ।

‘परराष्ट्र सचिव भरतराज पौड्यालले द्विदेशीय सीमावर्ती मामिलासहित प्रबुद्ध समूह (ईपीजी) को अड्किएको रिपोर्ट, ट्रान्समिसन लाइन, आर्थिक सहयोग एवं व्यापार, ऊर्जालगायतका विषयमा कुराकानी गर्ने प्रारम्भिक एजेन्डा तय भएको छ,’ परराष्ट्र मन्त्रालयमा भारत शाखासम्बद्ध एक अधिकारीले कान्तिपुरसँग भने, ‘भारतका नवनियुक्त विदेश सचिव श्रृंगलाको नेपालमा पहिलो शिष्टाचार भ्रमण भए पनि द्विदेशीय सम्बन्धको जटिलता र सामयिक परिस्थिति हेरेर नेपालले बहुपक्षीय एजेन्डा प्रस्तुत गर्ने भएको छ ।’

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार बिहीबार दिउँसो याक एन्ड यती होटलमा सुरु हुने भनिएको द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठकपछि विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गर्दै छन् । ‘काठमाडौंसँग दिल्लीले सम्बन्ध सुधार्न खोजेको छनक देखिन्छ तर प्रचार गरिएजस्तै सहज स्थिति भने छैन,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘द्विदेशीय सम्बन्ध सुधारमा प्राथमिकता र निरन्तरता जरुरी देखिन्छ । सन् १९८७ मा गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रले नियमित र अर्थपूर्ण रूपमा काम गर्न सकेको भए अहिलेको असहज स्थिति आउने थिएन । सीमा समस्या र राजनीतिक नक्सांकनबारे कुराकानी गर्ने भनेर परराष्ट्र सचिवको तहमा ‘म्यान्डेट’ दिइएको छ कि छैन, यो भने वार्तापछि स्पष्ट हुनेछ ।’

झन्डै एक वर्ष लामो कूटनीतिक र राजनीतिक संवादहीनतापछि ‘पोजिटिभ नोट’ का रूपमा देखापरेको भारतीय विदेश सचिव श्रृंगलाको यो भ्रमणलाई नेपालले कसरी उपयोग गर्न सक्छ भन्नेमा उपलब्धि आकलन गर्न सकिने पूर्वराजदूत उपाध्यायको बुझाइ छ । ‘कूटनीतिक कौशल र चातुर्य महत्त्वपूर्ण कुरा हो, यसपटक हामीले कति देखाउन सक्छौं भन्ने सोच महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यसअघि परराष्ट्रको प्रोटोकलअनुसार सीमा विवादको कुरा दुवै राष्ट्रले परराष्ट्र सचिवको तहमा कुरा गर्ने भन्ने छँदै थियो तर भारतको एकपक्षीय अर्घेल्याइँले गर्दा कुराकानी हुन नसकेको हो । यसमा भारतले सहजीकरणको भूमिका निर्वाह गर्नैपर्ने हुन्छ ।’

सीमा विवाद र नयाँ राजनीतिक नक्साका विषयमा अभूतपूर्व राजनीतिक एकता देखिएअनुरूप सरकारले राष्ट्रिय सोच र दृष्टिकोण बनाउनुपर्ने उल्लेख गर्दै उपाध्यायले ‘सत्तारूढ राजनीतिक दलभित्रकै किचलोका कारण पनि एकताबद्ध राष्ट्रिय सोचमा कमजोरी देखिएको’ बारे सोचमग्न बन्नैपर्ने बताए । ‘भारतले लिएको नेपाल–नीति कहिल्यै पनि सहज होइन तर हाम्रो कूटनीतिक चातुर्य र बुद्धिमत्ताले काम देखाउनुपर्ने स्थिति छ,’ पूर्वराजदूत उपाध्यायले भने, ‘यसका लागि विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण हाम्रालागि एउटा अवसर हो, यसको भरमग्दुर उपयोग गर्नैपर्छ ।’

विदेश सचिव श्रृंगलाले यसअघि गत भदौ पहिलो साता बंगलादेश भ्रमणमा गएका बेला कोभिड–१९ विरुद्धको भ्याक्सिन प्राथमिकतासाथ उपलब्ध गराइने घोषणा गरेझैं नेपाललाई पनि उपलब्धता र सहजताका साथ कोभिडविरुद्धको भ्याक्सिन भारतले उपलब्ध गराउने घोषणा गर्ने भएका छन् । यसबारेमा काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । विदेश सचिव श्रृंगला शुक्रबार अपराह्न १ बजे दिल्ली फर्कनेछन् ।

स्रोतः कान्तिपुर

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki