Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

किसानको मागअनुसार गहुँको बीउ छैन

  • ११ मंसिर २०७७, बिहीबार ०७:५३

वाग्मती, ११ मंसिर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो । कार्यालयका अनुसार चालु आव ०७७/०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको माग भए पनि कार्यालयबाट करिब एक हजार ६१२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ ।

कार्यालयको कार्य क्षेत्रअन्तर्गत यस आव ०७७/०७८ मा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँको बीउ उपलब्ध गराउने योजना छ तर सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत गहुँको बीउ उपलब्ध गराउँदै आएको कार्यालयको भनाइ छ ।

कार्यालयले ती जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्दै आएको छ । गहँुको जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् ।

किसानको मागअनुसार कम्पनीले गहुँको बीउ पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको कार्यालयमा गहुँको बीउ खरिदका लागि आउनुभएका सर्लाही कवलासी निवासी कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

कार्यालयका अनुसार प्रत्येक वर्ष किसानको मागअनुसार गहुँको बीउ पूर्णरूपमा उपलब्ध गराउन सकेको छैन । किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । कार्यालयले किसानसँग गहुँको बीउको गुणस्तरको अवस्था हेरी प्रतिकेजी रु ३५ देखि ४० सम्ममा प्रत्येक वर्षको वैशाख महिनासम्ममा खरिद गरेको बीउलाई हाल प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तालाई बिक्री गर्दै आएको छ ।

प्रायजसो हरेक वर्ष वैशाख महिनासम्ममा कार्यालयले किसानसँग गहुँको बीउ खरिद गरी सुरक्षित भण्डारण गरेर राख्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर महिनासम्म सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्ने गर्दछ ।

यस वर्ष वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य विभिन्न जिल्लामा मागअनुसारको गहुँको बीउ उपलब्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गर्ने लक्ष्य लिएको करिब एक हजार ५०० मेट्रिक टन गहुँको बीउबाट सो क्षेत्रमा करिब ३८ हजार पाँच हजार मेट्रिक टन गहुँ उत्पादन हुने अपेक्षा गरिएको छ ।

हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो ।

विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको यस प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन जना प्रशासनिक कर्मचारी मात्र कार्यरत रहेका छन् ।

कार्यालयमा एक कम्प्युटर सहायक, एक कृषि अधिकृत, एक लेखा अधिकृत, एक नायब प्राविधिक सहायक र एक प्लान्ट (प्रशोधन कारखाना) अपरेटर रिक्त छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki