Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

डिएसपीसहित २० जनामा कोरोना पुष्टि

  • २६ भाद्र २०७७, शुक्रबार १७:५१

२६ भदौ, रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जिल्लामा प्रहरीसहित सर्वसाधारण गरी ४१ जनाको संकलित स्वाबको पीसीआर परीक्षण गरिएकोमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख डिएसपी, २ जना प्रहरी निरीक्षकसहित २० जना प्रहरी र ८ जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमित प्रहरीलाई चन्द्रनिगाहपुरमा रहेको आइसोलेसन र होम आइसोलेसनमा राखिने जनाइएको छ । प्रहरी ब्यारेक र कार्यालयमै कोरोना भाइरसको संक्रमण फैलिएपछि सो कार्यालयमा कार्यरत अन्य प्रहरीहरूको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाब परीक्षण गरिने जनाइएको छ ।

चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरीसहित स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । यसअघि इलाका प्रहरी कार्यालय गरुडाका थुनुवालाई समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki