Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आज थपिएका ८९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

  • १५ भाद्र २०७७, सोमबार १७:३२

१५ भदौं,  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको बताएका छन् ।

यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० पुगेको छ ।

अब नेपालमा १७ हजार ८२२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै सात हजार ३३७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश–१ मा ओखलढुङ्गा १, खोटांगमा १, झापामा ५, मोरंगमा १९, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश–२ मा धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३ र सिरहामा ५ जना संक्रमित भेटिएका छन् ।

वाग्मती प्रदेशमा काठमाडौंमा १९०, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा २, धादिंगमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २, ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासी पूर्व ४, लमजुङ २, बाग्लुंगमा ४ जना भेटिएका छन् ।

प्रदेश–५ मा अर्घाखाँचीमा २, कपिलवस्तु १, नवलपरासी ३, पाल्पा १, बर्दिया २, बाँके १४ र रुपन्देहीमा ११ जना संक्रमित भेटिएका छन् ।

कर्णालीमा जुम्लामा १ र सुर्खेतमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा अछाममा २३, कञ्चनपुरमा ७, कैलाली १६, डोटीमा १, बझांगमा १ र बैतडीमा २ जना संक्रमित फेला परेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki