Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सावधान ! फेसबूकमा कहिल्यै गर्नुहुँदैन यी ७ गल्ती

  • १५ भाद्र २०७७, सोमबार ०८:३९

हिजोआज सामाजिक सञ्जालबाट विमुख भएर बस्नै सकिँदैन । अनि फेसबूक धेरैले चलाइरहेका हुन्छन् र दिनभरी के के पोस्ट गरिरहन्छन् ।

फेसबूकमा केही पोस्ट गरेर फ्रेन्ड लिस्टमा भएका मानिसको ध्यान खिच्ने ध्येय सबैको हुन्छ । अनि लाइक र कमेन्टको अपेक्षा पनि हुन्छ । लाइक र कमेन्ट गन्दा राम्रो लाग्न सक्छ तर वास्तविकता भिन्नै हुन सक्छ ।

यहाँ हामी फेसबूकमा गर्नै नहुने गल्तीका बारेमा चर्चा गर्नेछौं ।

व्यक्तिगत सूचना शेयर गर्ने
फेसबूकमा केही पोस्ट गर्नुअघि राम्ररी समीक्षा गर्नुस् र पोस्ट बटन थिच्नुअघि कतिसम्मको व्यक्तिगत सूचना दिने भनी सोच्नुस् । नजिकैका साथीभाइ, परिवार वा सहकर्मीहरूसँग बिताएका क्षणको फोटो वा कुरा पोस्ट गर्नैपर्छ भन्ने छैन ।

रक्सी पिएको बेलामा पोस्ट गर्ने
रक्सी पिएर गाडी नचलाउन भनिएझैं फेसबूक चलाउँदा पनि रक्सी पिउनु हुँदैन । नशाको सुरमा जथाभावी कुरा पोस्ट हुन सक्छ । रक्सी पिएको बेलामा फेसबूक वा अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने यापहरू पनि बनेका छन् ।

जो पायो त्यहीसँग फ्रेन्ड हुने 
तपाईंको फ्रेन्ड लिस्टमा ६०० मानिस छन् भन्दैमा तपाईंका ६०० साथी छन् भन्ने अर्थ लाग्दैन । त्यसैले नचिनेका जो पायो त्यहीलाई साथी नबनाउनुस् । तपाईंले व्यक्तिगत कुरा शेयर गर्ने प्ल्याटफर्म भएकाले कुनै ऐरेगैरेलाई त्यसको पहुँच दिनु ठीक छैन ।

घरको विस्तृत विवरण दिने
तपाईंको घरको ठेगाना, अफिसमा बिताउने समय लगायतका कुरा फेसबूकमा पोस्ट नगर्नुहोला । तपाईंमाथि निगरानी गर्नेका लागि त्यो गजबको खजाना हो ।

सन्तानका फोटा शेयर गर्ने
आफ्ना सन्तानको तस्वीर सकेसम्म कमै शेयर गरेको राम्रो हुन्छ । परिवारको फोटो राख्दा विस्तृत विवरण दिनुपर्दैन । बच्चाले के खान मन पराउँछन्, उनीहरूको विद्यालयको सूचना लगायतका कुरा कहिल्यै पोस्ट नगर्नुस् ।

सम्पत्ति देखाउने 
तपाईंले नयाँ कार किन्नुभयो, लटरी जित्नुभयो वा हालसालै ठूलो लगानी गर्नुभयो भने त्यसलाई फेसबूकमा हल्ला गर्नुपर्दैन । पैसाका कुरा प्राइभेट नै राखेको राम्रो । त्यस्ता कुरा पोस्ट गर्दा हुने दुष्परिणाम भयानक हुन्छन् ।

कसैलाई फेसबूक वा मेसेन्जरमा गालीगलौज गर्ने
कसैलाई पनि फेसूबकमा गाली गर्ने वा अश्लील शब्द प्रयोग गर्ने काम नगर्नुस् । तपाईंका गालीलाई स्क्रीनशट गरेर कसैले पछि तपाईंविरुद्ध त्यसलाई उपयोग गर्न सक्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki