Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

  • १५ भाद्र २०७७, सोमबार ०८:३५

१५ भदौ, काठमाडौं । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ ।

विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।

विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले सामूहिक परीक्षण नेपालमा गर्दैमा पनि सफल हुन्छ भन्ने छैन । थप विस्तृत अध्ययन, विश्लेषणपछि मात्र खोप परीक्षण हुनसक्छ भन्नेमा विज्ञको एकमत रह्यो भने। मानवमा हुने सामूहिक परीक्षण बाहेक क्लिनिकल तथा ल्याब परीक्षण गर्न नेपालले आफ्नो ढोका तत्काल खुला राखेको छ । त्यसका लागि परिषद्ले सहकार्य गरेर जाने मोडलमा कुनै पनि कम्पनी, देश वा व्यक्तिले गरेका प्रारम्भिक चरणका अनुसन्धानमा सहभागिता जनाउने थप पहल गर्नेछ ।

अक्सफोर्ड युनिभर्सिटी, चीन र रुसले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा अन्तिम चरणको परीक्षण गर्न इच्छा देखाएका थिए । भारतले पनि आफ्नो प्रोटिन खोप नेपालमा परीक्षण गर्न प्रारम्भिक चरणको पहल गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस सम्बन्धमा अध्ययन वा विश्लेषण जे गर्नुपर्ने हो त्यसको जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको छ । परिषद्ले खोप परीक्षणको विषयमा तथ्यगत तथा बौद्धिक बहस अगाडि बढाएको थियो ।

सो क्रममा स्वास्थ्य अनुसन्धान परिषद्सहित नेपाल सरकारका विभिन्न निकाय तथा बुद्धिजीवी एकै थलोमा जम्मा भएर खोप परीक्षण गर्न हुने वा नहुने भन्ने विषयमा चरणबद्ध छलफल गरिएको थियो ।

सहभागी विज्ञले खोप परीक्षणका विभिन्न पक्ष केलाउँदै त्यसरी खोपको परीक्षण नेपालमा तत्काल दिन नहुने निष्कर्ष निकालेका हुन् । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki