Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सूर्य नमस्कार गर्दा हुने यी फाइदा, कुन समयमा गर्ने ?

  • ९ भाद्र २०७७, मंगलवार १२:१८

तपाईं निरोगी बन्न चाहनुहुन्छ ? तन्दुरुस्त रहन चाहनुहुन्छ ? दिनभर ताजा महसुष गर्न चहनुहुन्छ ? शरीर लचकदार बनाउन चाहनुहुन्छ ?

त्यसो हो भने, एउटा उपाय छ । उपाय सजिलो छ । सूर्य नमस्कार ।

सूर्य हामीलाई थाहा छ । नमस्कार पनि थाहा छ । दिनदिनै हामी कति जनालाई नमस्ते टक्र्याउँछौं । कतिको नमस्ते पनि स्विकार गर्छौं । तर, सूर्य नमस्कार एक योगासन हो । यसको विधी अलि भिन्न छ ।

प्राचीन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ्य राखिने अभ्यास भएको पाइन्छ । योगले शरीर र मनलाई स्वस्थ राख्छ । शरीरको अतिरिक्त विकार हटाउन, मनलाई शान्त तुल्याउन, स्फूर्ति ल्याउन योग अनिवार्य छ । अहिले विश्वभर योगको लहर छ ।

शरीर यसरी रोगको भण्डार

विश्व समुदाय अहिले सबैभन्दा स्वस्थ्य समस्यासँग जुधिरहेका छन् । गर्भबाटै रोग बोकेर आइरहेका छन् । हरेकको घरमा रोगी छन् । रोगै रोगको कारण जीवन मरेतुल्य छ । दिनदिनै औषधी सेवन गर्नुपर्ने, अस्पतालको चक्कर लगाउनुपर्ने, उपचार खोज्नुपर्ने वाध्यतामा गुजि्ररहेको छ हाम्रो दैनिकी ।

किनभने, अहिले हामीले बाँच्ने संसार कृतिम छ । हामीले शुद्ध हावा लिन पाइरहेका छैनौं । जैविक खानेकुरा सेवन गर्न पाइरहेका छैनौं । हामीले फेर्ने सास दुषित छ । हामीले खाने खानेकुरा विषाक्ता छ । त्यसमाथि हामी भौतिक सुख सयलमा लिप्त भएका छौं । यही कारण हामी गर्भदेखि नै रोग बोकेर जन्मिएका छौं । रोगै रोगले ग्रस्त छौं ।

यसरी रोगको संक्रमणले ग्रस्त हामीलाई त्यसबाट उन्मुक्त भएर रोगमुक्त जीवन बाँच्नका लागि योग सर्वोत्तम विकल्प हो । योगको सबैभन्दा प्रशिद्ध आसन हो, सूर्य नमस्कार ।

यसरी हुने रोगमुक्त
सूर्य नमस्कार यस्तो योग हो, जो सजिलो छ । र, अत्यान्तै लाभदायक पनि । बालबच्चादेखि बुढापाकसम्मले यो योगासन अभ्यास गर्न सक्छन् ।

सूर्य नमस्कारमा विभिन्न १२ आसन हुन्छ । यी १२ आसन गर्दा सासको गति नियन्त्रण गर्न सक्नु सर्वोत्तम हुन्छ । सासको गति नियन्त्रणका लागि मन्त्रोच्चारण गरिन्छ । मन्त्रोच्चारणका साथ सूर्य नमस्कार गर्नु सत्प्रतिसत फाइदाजनक हुन्छ ।

सूर्यनमस्कार आसनको केही स्वास्थ्यवर्द्धक लाभ हुन्छ । जस्तो कि यसले रक्तप्रवाह सही ढंगले गराउँछ । पाचन क्रिय चुस्त रहन्छ । तौल नियन्त्रण गर्छ । शरीरमा सकारात्मक उर्जा पनि मिल्छ ।

एक पटक सूर्य नमस्कार गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प हो ।

कसरी गर्ने ?
हामीले यसअघि पनि भन्यौ कि, यसको १२ आसन हुन्छ । सबैभन्दा पहिला प्रणायम हुन्छ, जसमा दुबै हात जोडेर सिधा उभिनुपर्छ । अर्थात नमस्कारको मुद्रामा । त्यसपछि आउँछ हसतोत्तानासन । यसमा हातलाई विस्तारै माथि उठाइन्छ । फेरी हस्तपदासन आउँछ, जसमा अगाडि झुकेर उभिनुपर्छ ।

चौथो आसन हो, अश्व संचालासन । यसमा घोडा जस्तै घुँडा र हातले टेकेर बस्नुपर्छ । पाँचौं आसन हो दंदासन । यसपछि अष्टांग नमस्कार । त्यसपछि आउँछ भुजंगासन । यो कुकुरको मुद्रामा मुख घोप्टो बनाएर बस्नुपर्छ । त्यसपछि अश्व संचालासन र फेरी हस्तपादासन, हस्तोत्तानासन र प्राणायाम आउँछ ।

कुन समयमा गर्ने ?
सूर्य नमस्कारको अर्थ हो, सूर्यको शाश्वत अभिभादन गर्नु । यस व्यायमले सूर्यको उर्जा शरीरमा आउँछ । सूर्य नमस्कार भनेको सूर्यको तेजबाट उर्जा लिनु हो, त्यसैले यो आसन सही समयमा गर्नु जरुरी छ ।

योग निर्देशकलाई मान्ने हो भने, योग गर्नु एक कला हो र सूर्य नमस्कार गर्ने उपयुक्त समय प्रातःकाल हो । अर्थात सूर्योदयको समयमा ।

तर, त्यसो भन्दैमा सूर्योदयकै समयमा मात्र गर्नुपर्छ भन्ने चाहि होइन । यसलाई तपाई साँझको समयमा पनि गर्न सक्नुहुन्छ । कतिपय मानिस विहान व्यस्त हुने भएकाले सूर्य नमस्कार गर्न भ्याउँदैनन् । उनीहरुले बिहानको समय सूर्य नमस्कार नगरेपनि दिनभरमा आफ्नो अनुकुलता मिलाएर गर्न सक्छन् । यद्यपी बिहानको समयमा गरिने सूर्य नमस्कार एकदमै प्रभावकारी मानिन्छ ।

यदि तपाई तौल नियन्त्रण गरेर स्वस्थ रहन चाहनुहुन्छ भने सूर्य नमस्कार तपाईंको लागि सर्वोत्तम छ । सूर्योदयको समय सूर्य नमस्कार गर्नु सबैभन्दा राम्रो हुन्छ । सूर्यलाई हेरेर विहान खाली पेटमा सूर्य नमस्कार गर्नुपर्छ । सूर्यको किरणले सकारात्मक उर्जा मिल्छ । शरीरलाई पनि फाइदा पुग्छ ।

विहानको समय शान्त र सौम्य माहौल हुन्छ । र, दिनको सुरुवातमा यो आसन गर्दा ताजगी महसुष हुन्छ । त्यसैले घरबाट बाहिर खुला हावामा सूर्य नमस्कार गर्नु बढी फाइदाजनक हुन्छ । सूर्य नमस्कार गर्ने स्थान खुला एवं हावा आउजाउ गर्न सक्ने हुनुपर्छ ।

सूर्य नमस्कार धिमा गतिमा गर्नुपर्छ । र, आफ्नो मुद्रालाई परफेक्ट राख्ने प्रयास गरौं । यसका साथै सूर्य नमस्कारको १२ मुद्रा गर्नु लाभदायक हुन्छ । सूर्य नमस्कारभन्दा अघि वार्मअप गर्नु राम्रो हो । यसले शरीरलाई थप लचिलो बनाउँछ ।

गर्भवती, हर्नियाका रोगी, उच्च रक्तचापले ग्रस्त, कम्मरको दुखाई भएका र महिनावरी भएकाले सूर्य नमस्कार गर्नु हुँदैन । यदि गर्नैपरे, चिकित्सकको सल्लाह लिनुपर्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki