Skip to content

follow us

baglungkhabar.tv

1st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका प्रमुख जिल्ला अधिकारी गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर

bk logo final png
  • बागलुङखबर
  • १७ पुष २०८२, बिहीबार १९:००

बागलुङ, १७ पुस । बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुरुङ गत वर्ष चैतदेखि बागलुङको सिडिओ छन् । मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं ७ को स्थित खरेहामा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अख्तियारले गुरुङलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको छ।

त्यस्तै, नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्माविरुद्ध १७ लाख दुई हजार ३४१, तत्कालीन इन्जिनियर आशिष शाक्यलाई ९६ लाख ४१ हजार ८७४ र ठेकेदार मल्ल कन्स्ट्रक्सन तथा त्यसका प्रोपाइटर लालबहादुर मल्लसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो मागदाबी छ।

आ.व. २०७८÷७९ मा संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक भवन निर्माणका लागि एक करोड ६६ लाख विनियोजन भएको थियो। भवन निर्माणका लागि एक करोड ४४ लाख १० हजारको लागत अनुमान तयार गरिएको थियो। ९६ लाख ३० हजारमा भवन निर्माण सम्पन्न गर्ने गरी ७ पुस ०७८ मा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग खरिद सम्झौता भएको थियो। २४ असार ०७९ मा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख थियो।

सम्झौतापश्चात पेस गरेको अग्रिम भुक्तानी जमानतका आधारमा ०७८ को १३ र २९ पुसमा दुईपटक गरी २१ लाख ७६ हजार पेश्की ठेकेदारलाई पेश्की भुक्तानी गरेको देखिएको छ तर तोकिएको समयसीमामा निर्माण कार्य नगरी ठेकेदार फरार भएको थियो। यस्तो अवस्थामा ठेकेदार र सप्लायर्ससँगको ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने थियो तर आव ०७९÷८० मा नेपाल सरकारको विशेष अनुदान विनियोजन भएको भनी पुरानो ठेक्का सम्झौताबाट गर्नुपर्ने समेतको कामका लागि नयाँ ठेक्का गरी निर्माण कार्य गराएको देखिएको छ।

निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा पहिलो बिलअनुसार मूल्यांकित रकमभन्दा पेश्कीसहित १२ लाख ५६ हजार बढी भुक्तानी गरेको अख्तियारको दाबी छ। सार्वजनिक खरिद नियमावली २०६४ मा आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकले खरिद सम्झौताबमोजिमको काम समयसीमाभित्र सम्पादन नगरेको कारणले पेश्की फर्स्योट हुन नसकेमा बैंक जमानतको रकम सम्बन्धित बैंकबाट प्राप्त गरी पेश्की फर्स्योट गर्ने व्यवस्था छ र निजबाट त्यस्तो पेश्की रकमको सयकडा १० प्रतिशत ब्याजसमेत असुल गर्नुपर्ने व्यवस्था छ।

तर यसविपरित पेश्कीका लागि राखिएको अग्रिम भुक्तानी जमानतको म्याद २९ मंसिर ०७९ सम्म रहेकामा जमानतको म्याद समाप्त हुनुअघि नै अग्रीम भुक्तानी जमानत जफत नगरी अन्य प्रतिवादीसँग मिलेमतो गरी बैंक जमानतको म्याद गुज्रिन दिई १२ लाख ५६ हजार रुपैयाँ पेश्की रकम बढी भुक्तानी दिएको प्रस्टै देखिएको अख्तियारको आरोप छ।

उक्त रकम भुक्तानी गर्दा कर्मचारी र ठेकेदारबीचको आपसी बदनियतपूर्ण साँठगाँठमा गैरकानुनी लाभ र स्वार्थका लागि भुक्तानी भएको देखिएको छ । सार्वजनिक खरिद नियमावली बमोजिम पेश्कीको ब्याज चार लाख ४६ हजार ३३५ समेत १७ लाख दुई हजार ३४१ रुपैयाँ सरकारी हानीनोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

ठेकेदार मल्ल कन्स्ट्रक्सनले सम्झौतामा तोकिएबमोजिम निर्माण कार्य पूरा नगरेपश्चात सार्वजनिक खरिद ऐन बमोजिम खरिद सम्झौता अन्त्यगरी सम्झौताको सर्तअनुसार कार्यसम्पादन जमानत जफत गरी बाँकी कार्य पूरा गर्न जेजति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल उपर गरेपश्चातमात्र नयाँ खरिद कार्य गर्नुपर्ने कानुनी प्रक्रिया जानीजानी बदनियतपूर्वक गैरकानुनी स्वार्थ लाभ प्राप्तिका लागि सम्झौताबमोजिम बाँकी कार्य गर्न लाग्ने रकम असुलउपर नगरी ९६ लाख ४१ हजार ८७४ रुपैयाँ सरकारी हानीनोक्सानी गरेको अख्तियारको दाबी छ ।

ठेकेदारलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाउनुपर्नेमा सोसमेत नगरी बदनियतपूर्वक मिलेमतोमा गैरकानुनी लाभ र स्वार्थका लागि खरिद सम्झौता अन्त्य गरी सम्पन्न हुन बाँकी कार्य बराबरको रकम असुलउपर नगरी दोहोरो दायित्व सिर्जना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

दोहोरो दायित्व सिर्जना गरेको रकम र ठेकेदारलाइ उपलब्ध गराएको पेश्की फस्र्योट नगरी सोको बैंक जमानतको म्याद नवीकरण गर्ने वा रकम दाबी गर्ने कार्यसमेत नगरी कुल एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ हानीनोक्सानी गरेको अख्तियारको दाबी छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

भर्खरै

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki