Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्रयाक ओपन कार्य भदौमै

  • ९ भाद्र २०७७, मंगलवार ०८:४२

९ भदौ, पर्वत । पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरू भएको हो ।

सडक निर्माणको जिम्मा लिएको सूर्य कन्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्रयाक ओपन सक्ने गरी काम शुरू भएको कालीगण्डकी करिडोर गाईघाट–मालढुंगा आयोजना कार्यालयले जनाएको छ । करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडकमध्ये झन्डै २ सय मिटर मात्रै भीरमा ट्रयाक ओपनको काम बाँकी छ । अर्मादी–फलेबास खण्डमा मोदीबेणीघाट नजिक १ सय ५० मिटर र मोदीखोलाको पुलपारि फलेवासतर्फ झन्डै ५० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । ‘भदौ महिनाभित्रै ट्रयाक खोलिसक्ने गरी मोदी वारि–पारिबाट काम शुरू गरेका छौं ।’ –निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भन्नुभयो ।

२०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त सडक खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । अहिले ट्रयाक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिएको छ । त्यसपछि अन्य काम हुने कम्पनीका प्रतिनिधि रैसवालले बताउनुभयो ।

करिडोरको पर्वतदेखि स्याङ्गजाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । करिडोर कार्यालयका साइड इन्चार्ज इन्जिनियर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीबेणीसम्मको ५३ किमिमध्ये मिर्मीदेखि सेतीबेणीसम्मको ७ किमिमा सडक कालोपत्रेको टेन्डर भइसकेको छ भने सेतीबेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । रानीपानीदेखि फलेबाससम्मको २२ किमिमा स्तरोन्तिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेन्डर आह्वान हुने अवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, प्रतिनिधिसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आफ्नो ठाउँबाट यो सडक खण्डको स्तरोन्नति तथा बजेट विनियोजनका लागि पहल गर्दै आउनुभएको छ। पछिल्लो समय पर्वतको फलेबास–अर्मादी खण्डको अलपत्र काम शुरू गर्न गण्डकी प्रदेशका मन्त्री विकास लम्सालको विशेष पहलपछि काम थालिएको हो । करिडोर कार्यालयमा नरेन्द्र सुवेदी र अर्जुन नेपालीको सक्रियताले पनि कामलाई समयमा सम्पन्न गर्न सहयोग पुगेको स्थानियबासीले बताएको भनाइ छ ।

पाल्पास्थित करिडोर कार्यालयका प्रमुख नरेन्द्र सुवेदीका अनुसार सडकको ट्रयाक खुलेपछि पर्वतको मालढुंगादेखि स्याङ्गजाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातयात चल्नका लागि मार्ग प्रशस्त हुनेछ । यो आर्थिक वर्षभित्र मोदी, लमाय, सेती र आँधिखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातयात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको सुवेदीको कथन छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki