Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन

bk logo final png
  • बागलुङखबर
  • १० आश्विन २०८२, शुक्रबार ०९:३७

सुजन रेग्मी

बागलुङ, १० असोज । बागलुङमा अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन गर्न थालिएको छ ।

नेपालीहरुका महान पर्वहरु दसैँ, तिहार लगायतका चाँडपर्वका बेला बजारमा झिनियाको माग र खपत बढ्छ । अन्य समयमा भन्दा रङ मिसिएका अन्य खाद्य सामग्री पनि यो बेला बढी नै प्रयोगमा आउँछन् ।

अखाद्य रंग प्रयोग गरिएका खानाहरुबाट दीर्घकालिन रुपमा प्राणघातक रोगको समेत संक्रमण हुने सचेतनासहित बागलुङ बजारमा धमाधम बजार अनुगमन गर्न थालिएको छ ।

बागलुङ नगरपालिकाको संयोजनमा अनुगमनमा निस्किएको सरोकारवालाको समूहले बजारका खाद्यान्न, माछा, मासु, फलफूल तथा तरकारी पसलहरुमा पुगेर अनुगमन गरिरहेको छ ।

अनुगमनका क्रममा उपभोक्ता हितको ख्याल गर्न, राज्यका नियम कानूनको पालना गरेर मात्रै दैनिक उपभोग्य वस्तुको खरिद बिक्रि गर्न आग्रह गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

बिहिबार गरिएको अनुगमनमा मासु पसलमा मासु फोहोर भेटिएको, पसलहरुमा अखाद्य रंग मिसिएका झिनिया लगायतका खाद्य सामग्री भेटिएको बागलुङ नगरपालिकाका राजश्व शाखा अधिकृत सरस्वती रेग्मीले बताईन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki