Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

  • सुजन रेग्मी
  • ७ आश्विन २०८२, मंगलवार ११:३४

बागलुङ, ७ असोज । चाडपर्व नजिकिँदै गर्दा बागलुङमा यात्रु सहायकता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महानचाड बडादसैँ, तिहार र छठ पर्व नजिकिएसँग सोमबारबाट बागलुङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै बागलुङको प्रवेशद्वार बागलुङ नगरपालिका–१ मालढुङ्गा, जिल्ला ट्रफिक कार्यालय रहेको बागलुङ नगरपालिका–२ ट्राफिक चोक, गलकोट नगरपालिका–३ हटिया बजार र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–१ मालढुङ्गामा सोमबार यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले चाडपर्व मनाउन जिल्ला भित्रने र जिल्लाबाट बाहिरिने यात्रुहरुलाई सहजरुपमा घरसम्म पुर्‍याउन सहयोग गर्न अनुरोध गर्नुभएको थियो । उहाँले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी र सुरक्षाकर्मीहरूलाई आग्रह गर्नुभयो ।

यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण, यात्रुको सहज आवागमन र ट्राफिक नियमनको उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रमुख कुँवरले बताउनुभयो । “चाडपर्वको बेला यातायात व्यवस्थापन, दुर्घटना न्यनिकरण, यात्रुको सहज आवागमन र ट्राफिक नियमनको उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो,” उहाँले भन्नुभयो, “सहायता कक्षमार्फत अलपत्र परेका यात्रुको गुनासो सुन्ने, बढी भाडा लिने, बिच बाटोमै यात्रु झार्ने, टिकट र सवारीमा कालोबजारी गर्ने जस्ता अवाञ्छित कार्यको निगरानी तथा नियन्त्रण गरिने छ ।”

प्रबनानि कुँवरले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताउनुभयो । यात्रु सहायता कक्षा उद्घाटनमा जिल्लाबाट भित्रने र बाहिरिने सवारी चालकलाई खादा लगाएर स्वागत र बिदाई गरिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

बानपाका वडा सदस्यको गुनासोः तीन पटक नगरपालिका धाएर पनि सडकको खाल्डा पुर्न सकिएन

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki