Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हातले खाना खानुका फाइदा

  • ८ भाद्र २०७७, सोमबार २०:४५

८ भदौ, काठमाडौं । हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् । पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खाना खाने हाम्रो पुरानो संस्कार हो ।

तर बिस्तारै खाना खानको लागि चम्चाको प्रयोग गर्न थालियो । तर के छ हातले खाना खानुपछिको विज्ञान ? पूर्वीय शास्त्र भन्छ ‘हाम्रो शरीर पाँच तत्व मिलेर बनेको हुन्छ । जसलाई जीवन ऊर्जा पनि भनिन्छ । यी पाँच तत्वहरू हाम्रो हातमा हुन्छन्, यी पाँचमध्ये कुनै पनि तत्वमा हुने असन्तुलनले मान्छे बिरामी हुनसक्छ । हातले खाना खाँदा यही सन्तुलनले शरीरलाई स्वस्थ बनाउँछ भन्ने मान्यता छ ।

तसर्थ, जब हामी खाना खान्छौं हामी यही पञ्च तत्वलाई सन्तुलित गराउने गर्छाैं । जसका कारण खाना अधिक ऊर्जावान हुन्छ र यसले हाम्रो शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ । हातले खाना खाँदा के–के हुन्छ फाइदा ?

पाचन प्रणालीमा सुधार
खानाको स्पर्श गर्नु नै हाम्रो शरीरको पाचन प्रणालीको लागि महत्वपूर्ण हुन्छ । जस्तो, हामीले हातले खाना छुन्छौं त्यो जानकारी खाना मुखमा जानु पहिले नै दिमागमा पुगेको हुन्छ । चेतन दिमागले त्यो सूचना पेटसम्म पुर्‍याउँछ ।

यो सूचनासँगै पेट खाना पचाउनको लागि तयार भएर बस्छ । यसले पाचन प्रणालीमा मद्दत पुर्‍याउँछ ।

माथि उल्लेख गरिए जस्तै जब हामी खाना खान्छौं हातले स्पर्श गरेसँगै हाम्रो खाना मुखमा जानेवाला छ भन्ने थाहा हुन्छ । यसलाई माइन्डफुल खाना भन्ने चलन छ । यसरी हातले खाना खाँदा खानामा पोषक तत्वको मात्रा समेत वृद्धि हुन्छ भन्ने मान्यता छ ।

समग्रमा हातले खाना खाँदा खानामा पोषण तत्वको वृद्धि हुने, पाचन सुधार गर्छ र समग्रमा हामीलाई स्वस्थ राख्ने काम गर्छ ।

जिभ्रो पोल्ने सम्भावना कम हुन्छ
हातले खाना खानुको फाइदाहरूमध्ये एक भनेको यसले हाम्रो जिब्रो जलाउँदैन । जब तपाईं आफ्नो हातले खाना उठाउनुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि तपाईं कति खाना खान लाग्नु भएको छ । यदि खाना धेरै तातो छ भने तपाईंलाई थाहा हुन्छ र त्यसलाई जिभ्रोमा लैजानुहुन्न । यसरी जिभ्रोलाई तातोबाट चाउनको लागि पनि चम्चाभन्दा हातले खाना खानु उपयुक्त हुन्छ ।

Soc: onlinekhabar.com

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki