Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रबुद्ध समूहको प्रथम तीज नृत्यको उपाधि प्रिसियस एकेडमीलाई

bk logo final png
  • बागलुङ खबर
  • ४ भाद्र २०८२, बुधबार २१:३८

सुजन रेग्मी
बागलुङ, ४ भदौ । बागलुङ प्रबुद्ध युवा समूहले आयोजना गरेको प्रथम अन्तर विद्यालय तीज गीत प्रतियोगिता २०८२ को उपाधि प्रिसियस एकेडमी बागलुङले हात पारेको छ ।

पन्ध्र वटा सहभागी विद्यालयलाई पछि पार्दै प्रिसियस एकेडमीले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगिताको अमर आदर्श बोडिङ स्कुल दोस्रो तथा माउन्ट एभरेस्ट एकेडमीले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११ रुपियाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितीय हुनेलाई १७ हजार ७ सय ७७ रुपियाँ र तृतीय हुनेलाई ११ हजार १ सय ११ रुपियाँ सहित प्रमाणपत्र पनि प्रदान गरिएको थियोे ।

कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले गरेका थिए । उनले उद्घाटन पछि बोल्दै पहिचान चिनाउनमा सहयोग पुग्ने बताउँदै नयाँ पुस्ताले यस्ता कार्य गर्दा सहयोग गर्ने बताए ।

देश बनाउन सबैले सहयोग पुग्ने बताउँदै उनले विदेशमा भएको अनुभवलाई देशमा प्रयोग गर्नुपर्ने भन्दै प्रतिभालाई उजागर गर्नु नै ठूलो महत्व रहेको उनले बताए ।

कार्यक्रममा प्रायोजक र सहयोगीलाइ पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका निवर्तमान अध्यक्ष विषेश पराजुली ,स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आस्मिन शेख लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रबुद्ध युवा समूहका अध्यक्ष रोहित सुनारको अध्यक्षता सदस्य जानबी नायरको स्वागत मन्तव्य र सचिव सागर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki