Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आज थपिए ६८१ जना संक्रमित

  • ३ भाद्र २०७७, बुधबार १६:५७

३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका ३९ जिल्लाका ६८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तीमध्ये २१६ महिला र ४६५ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना र पर्सामा १०८ जना संक्रमित थपिएका छन् । यस्तै मोरङमा ६९ जना, रूपन्देहीमा ५२ जना र सुनसरीमा ३६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा झापामा १६, ओखलढुंगामा एक, पाँचथरमा एक जना संक्रमित थपिएका छन् । प्रदेश २ आठैवटा जिल्लामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन। सप्तरीमा १३, सिरहामा १९, धनुषामा २८ जना संक्रमित थपिएका छन् ।

महोत्तरीमा १२, सर्लाहीमा १९, बारामा १५ र रौतहटमा चार जना संक्रमित थपिएका छन् । प्रदेश ३ काे भक्तपुरमा आठ, ललितपुरमा १७ र धादिङमा एक जनामा कोरोना संक्रमण भएको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशका गोरखामा तीन, कास्कीमा पाँच, लमजुङमा तीन, पूर्वी नवलपुरासीमा १२ र तनहुँमा चार जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रदेश ५ को कपिलवस्तुमा ६, पश्चिम नवलपरासीमा एक, पाल्पामा एक, दाङमा तीन र प्यूठानमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । यस्तै बाँकेमा १८ र बर्दियामा दुई जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशका सल्यानमा १७, डोल्पामा एक, जुम्लामा नौ, सुर्खेतमा १३ र दैलेखमा चारजनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलालीमा तीन, अछाममा तीन, डोटीमा चार जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki