Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका कपको उपाधी गलकोट नगरपालिकालाई

bk logo final png
  • बागलुङखबर
  • २४ चैत्र २०८१, सोमबार २१:४६
विजेता गलकोट नगरपालिका टिम तस्विर : राम खत्री

बागलुङ, २५ चैत । ‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।

ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित प्रतियोगितामा गलकोटले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा जित निकाल्दै उपाधि चुमेको हो ।

सोमबार भएको फाइनल खेलको पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेटमा पुनरागमन गर्दै २५–१८ ले जित्यो । गलकोटले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधी चुम्यो ।

आइतबार सम्पन्न सेमिफाइनलमा गलकोट नगरपालिकाले सिद्दार्थ चश्मा घर कुश्मा नगरपालिकालाई र जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिकालाई सोझो सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका थिए ।

उपाधि जितेको गलकोटले २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता जैमिनीले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सेमीफाइनल खेलेका काठेखोला गाउँपालिका र सिदार्थ चश्मा घर कुश्मा नगरपालिकाले समान २५ हजारको दरले प्राप्त गरेको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki