Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

bk logo final png
  • बागलुङ खबर
  • २२ फाल्गुन २०८१, बिहीबार १८:०९

बागलुङ, २२ फागुन । साविक विजेता बागलुङ सुधार केन्द्र र बलेवा एफसी बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको पाँचौं दिन बागलुङ सुधार केन्द्रले जिल्ला प्रहरी कार्यालय बागलुङलाई र बलेवा एफसीले साविक उपविजेता श्रीमेहर गणलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । यससँगै सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगितामा गुरास गुठी युनाईटेड र पर्पल हेज÷एभिएम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

बिहिबारको पहिलो खेलमा बलेवाले श्रीमेहरलाई सडेन डेथमा ६–५ ले पाखा लगाउदै अन्तिम चारको स्थान पक्का गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी सकिए संगै सडेन डेथमा बलेवा भाग्यमानी बनेको हो । निर्धारित समय दुबै टिमले बराबरी खेलेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १–१ गोल रोकेपछि ४–४ बराबरी भएको थियो । सडेन डेथमा बलेवाले जित निकाल्दै सेमिफाइनल प्रवेश गर्दा साविक उपविजेता विभागीय टिम श्रीमेहर गण भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पेनाल्टीमा बलेवाको लागि विनेक खत्री, विवेक नेपाली, रोशन थापा क्षेत्री, आकाश बसेल, सुदिप माझी र सुशान्त श्रेष्ठले गोल गरेभने आयुष पौडेलको प्रहार श्रीमेहरका गोलरक्षक विप्लप गुरुङले रोकेका थिए । श्रीमेहरका मदन लिम्बु, विकास मगर, सुमन थापा, विप्लप गुरुङ र सागर कृष्ण परियारको प्रहार गोलमा परिणत हुँदा घनेन्द्र तुम्बापोको प्रहार बलेवाका गोलरक्षक कुशल नेपालीले बचाएका थिए । सडेनडेथमा श्रीमेहरका खुमबहादुर कटवालको प्रहार गोलपोष्टमा लाग्दै बाहिरियो । खेलमा बलेवाका गोलरक्षक कुशल नेपाली प्लयेर अफ दि म्याच घोषित भए ।

यस्तै बिहिबारको दोस्रो खेलमा साविक विजेता बागलुङ सुधार केन्द्रले जिल्ला प्रहरी कार्यालय बागलुङलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ५६ औं मिनेटमा प्रशन्न श्रेष्ठको गोलबाट सुधार केन्द्रले अग्रता लिएको थियो । सुधार केन्द्रको लागि अतिरिक्त समयको छैठौं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै अन्तिम चारको यात्रा निश्चित गरे ।

प्रतियोगितामा भोली शुक्रबार दुवै सेमिफाइनल खेल हुने जेसीज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । शुक्रबार पहिलो सेमिफाइनल खेल बलेवा एफसी र गुरास गुठी युनाइटेड विच हुनेछभने दोस्रो समिफाइनल खेल पर्पल हेज÷एभिएम र बागलुङ सुधार केन्द्र विच हुनेछ ।

२४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

बानपाका वडा सदस्यको गुनासोः तीन पटक नगरपालिका धाएर पनि सडकको खाल्डा पुर्न सकिएन

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki